२०८१ मंसीर ३, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोरोना नाश गर्ने भ्याक्सिन तयार पारेको इजरायलको दावी

कोरोना नाश गर्ने भ्याक्सिन तयार पारेको इजरायलको दावी


काठमाडौँ – कोरोना भाइरस विरुद्ध भ्याक्सिन तयार गरेको इजरयलले दावी गरेको छ। डिफेन्स बायोलोजिकल इन्स्टिच्युटद्वारा कोरोना भ्याक्सिन तयार भएको इजरायलका रक्षामन्त्री नफताली बेन्‍नेटले सोमबार जानकारी दिएका हुन् ।

मन्त्री बेन्‍नेटको अनुसार इन्स्टिच्युटले कोरोना भाइरसको एन्टीबडीज तयार गरिएको छ। भ्याक्सिन विकसित गर्नुको साथै पेटेन्ट र उत्पादन प्रक्रिया शुरु गरेको इजरायलले दावी गरेको हो।

टाइम्स अफ़ इजरायलमा प्रकाशित खबरको अनुसार खोप बनाउने इजरायलको ‘इन्सिच्युट फर बायोलोजिकल रिसर्च’ले जाँच गरे पछि उक्त कुराको घोषणा गरेको हो । ‘यो खोपले एन्टीबडी मोनोक्‍लोनल तरिकाबाट कोरोना भाइरसमाथि हमला गर्छ र संक्रमित विरामीको शरीरभित्र कोरोना भाइरस नाश गर्छ।’ ,मन्त्री बेन्नेटले भने।

‘इन्सिच्युट फर बायोलोजिकल रिसर्च नामको उक्त संस्था इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्‍याहूको कार्यालय अन्तरर्गत गोपनियता ढङ्गबाट काम गर्ने गर्छ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ