२०८१ मंसीर ३, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मंगलबारे अस्पतालमा राखियो ‘स्वाब कलेक्सन वुथ’

मंगलबारे अस्पतालमा राखियो ‘स्वाब कलेक्सन वुथ’


विराटनगर—उर्लाबारी नगरपालिका–३ स्थित मंगलबारे अस्पतालमा कोभिड—१९ परीक्षणका लागि स्वाब कलेक्सन वुथ राखिएको छ । मदन भण्डारी स्मृति प्रतिष्ठान र राष्ट्रिय युवा संघ नेपाल मोरङको सहयोगमा मंगलबारे अस्पताल परिसर भित्र स्वाब संकलन गरिने वुथ शुक्रबार राखिएको हो ।

चिकित्सकको सुरक्षा व्यवस्थालाई ध्यानमा राखी स्वाब संकलन र बिरामी जाँचमा वुथले ठूलो सहयोग मिल्ने मंगलबारे अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. योगशकुमार मण्डलले बताए । उनले कोरोना भाइरसको आशंका लागेका बिरामीहरुको स्वाब कलेक्सनका लागि निर्माण गरिएको वुथ प्राप्त भएकोले स्वाब कलेक्सन गर्दा चिकित्सक एवं स्वास्थ्यकर्मीलाई हुने संक्रमणको जोखिमबाट जोगाउने उनले बताए ।

त्यस्तै यसको प्रयोगबाट स्वास्थ्यकर्मीले लगाउने पीपीईलगायतका अन्य स्वास्थ्य सामग्रीको बचत हुने समेत बताए । स्वाब कलेक्सन वुथ पाएसँगै अस्पतालले कोरोना भाइरसको संक्रमणको आशंका गरिएका बिरामीहरुलाई पनि राम्रो सेवा दिन सक्ने उनले बताए ।

स्वाब संकलन गरेपछि मंगलबार अस्पतालले परीक्षणको लागि विराटनगरस्थित कोशी अस्पतालमा र धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठान पठाउने गरेको छ ।

स्वाब कलेक्सन वुथ उपलब्ध गराएको मदन भण्डारी स्मृति प्रतिष्ठानका सहसचिव अग्नी भट्टराईले अस्पतालाई सुरक्षित रुपमा बिरामीको स्वाब कलेक्सन गर्न यसले सहयोग पु¥याउने बताए । राष्ट्रिय युवा संघ नेपाल मोरङका अध्यक्ष नवीन पौडेलले स्वास्थ्यकर्मी र बिरामी दुवैलाई संक्रमणको जोखिमबाट जोगाउन सहयोग गर्ने बताए । बुथमा प्रयोग गरिएका सामग्रीहरु गुणस्तरीय रहेको र बुथ भित्र राम्रोसँग हावा पास हुने व्यवस्थालाई सुरक्षित बनाइएको बताइएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ