२०८१ मंसीर ३, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्तनपान गराउँदा कोरोना संक्रमण सर्दैन : मन्त्रालय

स्तनपान गराउँदा कोरोना संक्रमण सर्दैन : मन्त्रालय


काठमाडौँ – स्तनपान गराउँदा शिशुमा कोभिड-१९ नसर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विहिबार मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म गरिएको अध्ययनले स्तनपान गराउँदा संक्रमणको केस नआएको जनाएको हुँदा स्तनपानलाई निरन्तरता दिनुपर्ने जनाए ।

उनले क्वारेन्टाइनमा रहेका र संक्रमित रहेका महिलाले शंका नगरी आफ्नो बालबालिकालाई सुरक्षितरुपले स्तनपान गराउन आग्रह गरेका छन् । यसको साथै उनले स्तनपान गराउने क्रममा मास्कको प्रयोग गर्ने तथा साबुन पानीले हात धुने सुझाब दिएका छन् ।

त्यस्तै, विहिबार कुनै संक्रमित नदेखिएको र संक्रमित ५७ जना मध्ये १६ जना निको भएको मन्त्रालयले जनाएको छ ।  विहिबारसम्म सीआर विधिबाट १२ हजार ११ परीक्षण र आरडीटी विधिबाट ४६ हजार ८ सय ६० नमुना परीक्षण भएको प्रवक्ता देवकोटाले जनाएका छन् ।

यसको साथै आजको व्रिफिंगमा दादुराको समेत चर्चा गरिएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर झलक गौतमको अनुसार गत पुस देखि वै८५ जनामा दादुरा देखिएको छ । दुदुरा देखिएको व्यक्तिले दादुरा खोप नलाएको पाइएको उनले जानकारी दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ