२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबारा र पर्सामा थप तीन जनामा कोभिड—१९ पोजेटिभ, संक्रमितको संख्या ५७ पुग्यो

बारा र पर्सामा थप तीन जनामा कोभिड—१९ पोजेटिभ, संक्रमितको संख्या ५७ पुग्यो


काठमाडौं—प्रदेश नं. २ को बारा जिल्लामा पहिलो पटक कोभिड—१९ पोजेटिभ देखिएको छ । बारामा पहिलो पटक कोभिड—१९ पोजेटिभको केस देखिएको हो ।

बाराको सिम्रौनगढका नगरपालिका १ जना र जितपुर सिमरा उपमहानगरपालिकाका १ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ ।

यस्तै, पर्सामा पनि थप १ जनामा पनि नयाँ कोभिड—१९ को पोजेटिभ देखिएको छ । उनी वीरगन्ज छपकैयाका पुरुष हुन् । अहिलेसम्म पर्साबाट यसअघि २ नेपालीसहित ३ भारतीयलाई कोभिड १९ पोजेटिभ देखिएको छ ।

नारायणी अस्पतालका निर्देशक डा. मदन उपाध्यायले अस्पतालमा तीन जना संक्रमित थपिन लागेको जानकारी आफूहरुले पाएको बताए । ‘तीन थपिदैंछन भन्ने कुरा जानकारी आएको छ,’ उनले भने, ‘तर, थप विवरण प्राप्त भैसकेको छैन् ।’

डा. उपाध्यायकाअनुसार अहिले नारायणी अस्पतालको आइसोलेसनमा ५ जना कोभिड-१९ संक्रमितको उपचार भैरहेको छ ।

यससँगै नेपालमा कोभिड—१९ संक्रमितको संख्या ५७ जना पुगेको छ । जसमध्ये १६ जना निको भएर घर फर्किसकेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ