२०८१ मंसीर ३, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यमृत्युलाई जितेर ३२ दिन पछि भेन्टीलेटरबाट निस्किन सफल एक कोभिड संक्रमित

मृत्युलाई जितेर ३२ दिन पछि भेन्टीलेटरबाट निस्किन सफल एक कोभिड संक्रमित


संयुक्त राज्य अमेरिका बोस्टनकी किम बेलो आफ्ना ३ सन्तान कोठामा खेलिरहेको मौकाका सुटुक्क डाक्टरलाई फोन गरेर सोधिन्, ‘के मेरो श्रीमान ठिक होलान ? उनको ४९ वर्षीय श्रीमान जिम अस्पतालमा कोभिड-१९सँग लडिरहेका थिए। डा. एम्मी रुबिनले ती दुखी महिलाको मार्मिक प्रश्नको जवाफ दिँदै भने, ‘हामी प्रयास गरिरहेका छौ। इमान्दारीपूर्वक भन्नुपर्दा बच्ने सम्भावना कम छ।’

किमले डा. एम्मी रुबिनलाई फोन गर्दा एथलेटिक र वकिल रहेका जिम दुई हप्तादेखि म्यासाचुसेट्स जनरल अस्पतालस्थित भेन्टिलेटरमा कोरोना भाइरससँग लड्दै थिए।

७ मार्चमा ‘न्यू ह्याम्स्पाइयर’को २ हजार मीटर उचाई भएको ‘व्हाइट माउन्टेन’को यात्रा गरेर फर्किदा उनलाई एकदमै ज्वरो आएको किमले बताइन। उनले भनिन्, ‘जिमलाई ज्वरो धेरै आउने, खोकी लाग्ने र छात्ती पोल्न थाल्यो। जाँच गराउन जाँदा डाक्टरले ‘एन्टीबायोटिक्स’ दिएर घर फर्काए। ६ दिन पछि १ सय ३ डिग्री ज्वरो र श्वास फेर्न गाह्रो हुन् थाल्यो। त्यसपछि डाक्टरले भेन्टीलेटरमा राखिदिए।’ उनले त्यो पल सम्झिदै भनिन्, ‘ भेन्टीलेटरमा लाने क्रममा उनले हाम्रो पहिलो भेटमा हेरेको जस्तै गरी हेर्दै श्रीमानले भनेका थिए – ‘यदि म जीवित फर्किन भने.…।’

जिमको यसरी भएको थियो उपचार

अनुभवी डाक्टर, नर्स र स्वास्थ्यकर्मीको निरन्तर प्रयास र अस्पतालको सुविधा सम्पन्न उपकरणले गर्दा जिम हाल कोरोना मुक्त भएका छन् । उनलाई उपचार गर्ने चिकित्सा टोलीले जिमको एक्स-रे हेर्दै उनको मृत्यु निश्चित रहेको अनुमान लगाएका पनि हार नमानी उपचारमा लागिरहे ।

‘जिमको एक्स-रे देखेर हामी हैरान भएका थियौ। यो मेरो जिन्दगीकै सबैभन्दा खराब छातीको एक्स-रे थियो। उनलाई हामी बचाउन सफल हुन्छौ भन्ने लागेको थिएन।, ‘मेसाचुट्स हस्पिटलका डा. पोल करियरले भने, ‘जिमको फोक्सो पुरै सेतो काम नलाग्ने भइसकेको थियो। हामीले हिम्मत नहारी ‘एकस्पेरिमेन्टल ड्रग’, ‘रेमडीसिविर’ गरी भेन्टीलेटरमा राख्यौ। त्यसबाट पनि सुधार नआएपछि ‘हेल मेरी सिस्टम’ अपनायौ। त्यसको लागि भेन्टीलेटर ३० सेकेन्डको लागि हटाउनुपर्ने हुन्थ्यो तर यसमा जिमको ज्यान जान सक्थ्यो। अक्सिजन, श्वासको मात्रा र दवावको निरन्तर निगारानी गरियो।’

चिक्त्सा टोलीले हरेक उपाय अपनाइसकेका थिए तर पनि कुनै आशाको किरण देखिएन । तर  १८ मार्चको राती दुई बजे उनको स्वास्थ्यमा थोरै सुधार देखियो। तर त्यसको भोलिपल्ट रगतमा अक्सिजनको मात्रा घट्न थाल्यो। केहि सिप नलागेपछि अन्तिम उपचार गर्ने चिकित्सा टोलीले फैसला गरे। ८ जनाको टीमले जिमको गर्दन र खुट्टामा ठुलो ट्युब राखेर ईसीएमओसँग जोडे। सो मेसिनले रगत निकालेर अक्सिजनको मात्रा शरीरमा हाल्ने गर्छ।’

जिमले ३२ दिन पछि आफै श्वास फेरे

जिम अस्पतालमा रहँदा दिनकै फोन र भिडियोमार्फत उनको परिवारले स्वास्थ्य अबस्था सोध्ने गर्थे। नर्स केरी वोइकेल भन्छिन, ‘२८ मार्च जब मैले उनको तकिया हटाए तब उनले विस्तारै आँखा खोले र मेरो हात कसेर समाते। म आत्तिएर ओ माइ गड, हामीले उनलाई बचायौ’ भन्दै कराए।ड्युटीबाट घर फर्किदा बाटो भरी रुन मनलाग्यो। उनको श्रीमती, बच्चाको अनुहार, कुराकानी, भिडियो कल आँखा अघि घुमिरह्यो।’ १४ अप्रिलमा जिम बेलोलाई भेन्टीलेटरबाट हटाइएको थियो। ३२ दिन पछि उनले पहिलोपटक आफैले श्वास फेरेका थिए। उनी कोरोनामुक्त भइ आइसीयुबाट निक्ले पछि पुरा स्टाफले ताली बजाएर हौशला बढाएका थिए।

कोरोनालाई हराउन सफल भएका जिमले भने, ‘मेडिकल सप्लाईरको लागि लड्दै थिए, म तिनै व्यक्तिहरुको कारण आज जीवित छु।’ उनलाई अस्पतालले गएको शुक्रबार डिस्चार्ज गरेको थियो ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ