कोभिड – १९ रोकथामका लागि जुम्लाका स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग

जुम्ला – कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरिरहेको समयमा अझै प्रभावकारी रोकथामका लागि गैर सरकारी संस्था ‘वोर्ल्ड भिजन नेपाल’, ‘किर्डाक नेपाल जुम्ला’, र ‘कर्णाली दिगो विकास प्रतिष्ठान’ (कास्डा) जुम्लाले अत्यावश्यक सामग्री सहयोग गरेका छन् ।
राज्यका विकास साझेदार संस्था गैर सरकारी संस्थाले जुम्लाका पाँच स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग गरेका हुन् । यहाँको चन्दननाथ नगरपालिका, गुठीचौर गाउँपालिका, पातारासी गाउँपालिका, तातोपानी गाउँपालिका र तिला गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरिएको किर्डाक नेपाल जुम्लाका संयोजक रेशम शाहीले बताए ।
अहिले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि अग्रपंतीमा स्वास्थ्यकर्मी नै छन् । कर्णाली दिगो विकास प्रतिष्ठान (कास्डा) जुम्लाका संयोजक भेषबहादुर रावलले भने उनीहरुलाई सुरक्षित होस् भनेर जुम्लाका पाँच स्थानीय तहलाई एक-एक थान थर्मल गनसहित ६-६ थान पिपिई सेट सहयोग गरिएको हो ।
स्वास्थ्य सामग्री ग्रहण गर्दै तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले अहिले देश संकटमा परेको बेलामा राज्यका विकास साझेदार संस्थाले सुरक्षित स्वास्थ्य सामग्री सहयोग गरी हातेमालो गर्दा धन्यवाद व्यक्ति गरे । उनले भने अहिले सवै एक जुट भएर कोरोना भाइरस निरन्त्रण तथा रोकथाम गर्नु पर्दछ र यसको पहिलो उपाया भनेको लकडाउन हो ।
‘राज्यले देश लकडाउन गरेको छ । सवै नागरिकले पालना गरौँ । सामाजिक व्यक्तिगत दुरी कायम गरौँ । एक आपसमा समन्वय र सहकार्य गरौँ सवै नागरिक होम क्वारेन्टाइनमा बसौँ, ‘उनले भने ।
त्यसैगरी, विकास साझेदार संस्थाले राहतका लागि स्थानीय तहलाई खाद्यन्न(चामल) सहयोग गरिएको जनाएको छ । तिला गाउँपलिका ५० प्याक, गुठीचौर गाउँपालिका ३० प्याक र पातारासी गाउँपालिका ३० प्याक सहयोग गरिएको हो ।
धेरै पढिएका
- १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम
- २ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी
- ३ वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने
- ४ आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण
- ५ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी
- ६ युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी
- ७ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ?
तपाईको प्रतिक्रिया दिनुहोस