२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपछिल्ला २ महिनामा दादुराबाट २ बालवालिकाको मृत्यु, धादिङमै देखियो तीन पटक

पछिल्ला २ महिनामा दादुराबाट २ बालवालिकाको मृत्यु, धादिङमै देखियो तीन पटक


काठमाडौं—पछिल्ला २ महिनामा नेपालमा दादुराका कारण दुई जना बालवालिकाको मृत्यु भएको छ । पछिल्लो ४ महिनामा दादुराबाट १ सय ७० जना संक्रमित भएका छन् ।

परिवार कल्याण महाशाखा खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले मार्च महिनामा धादिङमा दादुराका कारण दुई जना बालवालिकाको मृत्यु भएको जानकारी दिए । उनका अनुसार एक जनाको ९ महिना र अर्को ५ वर्षका बालकको दादुराका कारण मृत्यु भएको हो ।

गत पुस देखि बैशाखसम्म झापामा २१, सर्लाहीमा ६, धादिङमा ३ पटक गरी ११३ जनामा दादुरा देखिएको छ । धादिङमा पहिलोपटक ९१, दोस्रो पटक ७ र तेस्रो पटक १५ जनामा दादुरा देखिएको छ । त्यसैगरी, ललितपुरमा १८ र काठमाडौंमा १४ जनामा दादुरा संक्रमण पुष्टी भएको उनले जानकारी दिए । पछिल्लो समय चितवनमा पनि दादुराको आशंका गरिएको छ ।

अहिलेसम्म भेटिएका दादुरा संक्रमिर मध्ये कसैले पनि दादुरा-रूबेलाको खोप नलगाएको पाइएको डा. गौतमले बताए ।

यसवर्ष सबैभन्दा बढी दादुरा देखिएको धादिङमा १५ वर्षमुनीका २० हजारमा दादुरा-रूबेला खोप लगाउने तयारी सरकारले गरिरहेको छ । गत फागुन र चैतमा सञ्चालन भैरहेको दादुरा—रुबेला राष्ट्रिय खोप अभियान कोभिड—१९ का कारण पूरा हुन सकेन् ।

विज्ञहरूकाअनुसार एक जना दादुरा संक्रमितले  १६ जनामा संक्रमण सार्न सक्छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ