२०८१ मंसीर ३, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयस्तो बन्यो कोरोना संक्रमितलाई खाना पु¥याउने रोबर्ट [ फोटो फिचर ]

यस्तो बन्यो कोरोना संक्रमितलाई खाना पु¥याउने रोबर्ट [ फोटो फिचर ]


विराटनगर – विराटनगर महानगरपालिको आर्थिक सहयोगमा कोरोनाका संक्रमितको उपचार गरिरहेको विराटनगरस्थित कोसी अस्पताललाई खाना पु¥याउने रोबर्ट बनाएर हस्तान्तरण गरेको छ । विराटनगरका युवाले तयार पारेको उक्त रोबोट कोसी अस्पतलाकी मेसु डा. संगीता मिश्रलाई हस्तान्तरण गरिएको हो ।

रोबर्टमा चारवटा वाइपर मोटर छ । यो अफरोड अर्थात् ग्राभेल सडकमा पनि चलाउन सकिने निर्माणकर्ता रिसभ आचार्यले बताए । यो रोबर्टले बीस केजीको तौल बोकेर दौडन सक्छ । डाक्टर र बिरामीको दूरी काम गर्न सहयोग गर्नेछ । रोबोटमा सेनिटाइज्ड गर्ने मसिनले औषधि पनि छर्कंदै गुड्न सक्छ । यसमा पुरानो ड्रोनको क्यामेरा अघिल्लो भागमा राखिएको छ । यसले बिरामी बसेको स्थान र उसको गतिविधि खिच्छ । यसलाई स्क्रिनमा हेर्ने मिल्छ । आचार्यका अनुसार रोबोट बनाउन स्थानीय साधन नै प्रयोग गरिएको बताए । हेर्दा यो बक्सा भएको गाडी जस्तो देखिन्छ।

को कार्यक्षमता परीक्षिणपछि विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले रोबोटको रिमोट अस्पतालकी मेसु मिश्रलाई हस्तान्तरण गरे । मेसु मिश्रले कोसी अस्पतालमा उपचाररत ३० जना कोरोना संक्रमितलाई रोबोटमार्फत् खाना र आवश्यक सामान पु¥याउन सहज हुने बताइन् । अहिलेसम्म अस्पतालका कर्मचारीले नै संक्रमित बसेको कोठाको अगाडिसम्म खाना लैजाने गरिएको थियो । अब रोबोटबाट पठाउँने मेसु मिश्राको भनाई छ । उनले खाना वितरण गर्न कठिनाइ भएको अवस्थामा रोबोट प्राप्त भएपछि सहज हुने र यसको सञ्चालनका लागि अस्पतालका कर्मचारीलाई युवाबाट तुरुन्त सिकाएर कार्यस्थलमा रोबोटलाई सञ्चालन गरिने बताइन् ।

विराटनगरका दिपेश धिमाल, रिसभ आचार्य, समन निरौला, प्रकाश सुवेदी, विवेक मुखर्जी, अनुभव बस्नेत, सन्तोष दाहाल, भाष्कर कर्ण र शिशिर दाहालसहित ९ जनाले पाँच दिन लगाएर रोर्बोट तयार पारेका हुन् । युवाको समूहले बनाएको रोबोट कोरोना संक्रमितको उपचारमा निकै सहयोगी हुने विराटनगरका प्रमुख भीम पराजुलीले बताए । संक्रमितलाई आवश्यक सरसामान दिन र खाना पु¥याउन पनि निश्चित दूरी कायम गर्नुपर्ने अवस्थामा युवाहरूबाट भएको यो सहयोग निक्कै ठूलो भएको पराजुलीले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ