२०८१ मंसीर ३, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशग्लोबल बैंकको सहयोगमा जुम्लामा ‘खाद्य बैंक’

ग्लोबल बैंकको सहयोगमा जुम्लामा ‘खाद्य बैंक’


जुम्ला –  ग्लोबल आइएमई बैंक शाखा जुम्लाको सहयोगमा जुम्लामा ‘खाद्य बैंक’  स्थापना गरिएको छ । यहाँका स्थानीय तहमा माग र आवश्यकताका आधारणमा वितरण गर्ने गरी जिल्ला समन्वय समिति जुम्लामा ‘खाद्य बैंक’ स्थापना गरिएको हो ।

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्कीका अनुसार बैकको सहयोगमा खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाबाट चामल खरिद गरी अहिले समन्वयमा स्टोर गरिएको छ । स्थानीय तहको माग र आवश्यकताका आधारमा वितरण हुने उनले बताए । चामल बुझेर समन्वयले जिन्सी खातामा उल्लेख गरेको छ ।

ग्लोबल आइएमई बैक लिमिटेड खाशा जुम्लाका प्रमुख विनोद कुमार आर्चायका अनुसार ३० किलोको एक सय ५० प्याक चामल ल्याएर स्थानीय तहमा वितरण गर्ने गरी समन्वयमा बुझाएका छौँ । उनले भने,  ‘दुई लाख २५ हजार रकम बराबर राहतका लागि वितरण गर्न चामल उपलव्ध गरिएको हो ।’

मुलुकभर फैलिदो कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अहिले राज्यले लकडाउन गरेको छ । यतिबेला भोकमरी हुने सम्भावना बढेकोले राहतका लागि बैँकले सहयोग गरेको उनले बताए । संघीय कोरोना राहत कोषमा बैकले एक करोड १५ लाख रकम उपलव्ध गराएको पनि उनले जनाए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ