२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप एक ६५ वर्षीय पुरुषमा कोभिड-१९ पोजेटिभ पुष्टी, संक्रमितको संख्या ३१ पुग्यो

थप एक ६५ वर्षीय पुरुषमा कोभिड-१९ पोजेटिभ पुष्टी, संक्रमितको संख्या ३१ पुग्यो


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप एक जना ६५ वर्षीय पुरुषमा कोभिड १९ पोजेटिभ देखिएको पुष्टी भएको छ । शनिबार साँझ मन्त्रालयले दिएको जानकारी अनुसार आज मात्रै थप एक जनामा कोभिड १९ पुष्टी भएको हो ।

आज कोभिड १९ पुष्टी भएका व्यक्ति हिजो उदयपुरमा कोभिड १९ पुष्टी भएका १२ जनाकै समूहका सदस्य रहेको श्रोतले जनाएको छ ।

यससँगै नेपालमा कोभिड १९ संक्रमितको संख्या ३१ पुगेको छ। जसमध्ये ३ जना निको भएर घर फर्किसकेका छन्। नेपालमा हिजो शुक्रबार मात्रै १४ जनामा कोभिड १९ पुष्टि भएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ