२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना जितेर घर फर्किइन नेपालकी दोस्रो संक्रमित

कोरोना जितेर घर फर्किइन नेपालकी दोस्रो संक्रमित


काठमाडौं-नेपालकी दोस्रो कोभिड-१९ संक्रमित १९ वर्षीया युवती कोरोना जितेर घर फर्किएकी छन् । टेकुस्थित शुक्रराज टपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत उनले शनिबार डिस्चार्ज भएपछि आफू पूर्ण रुपमा निको भएको बताइन् ।

उनको शुक्रबार र शनिबार गरिएको थ्रोट स्वाब परिक्षणमा रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले उनलाई डिस्चार्ज गरेको हो ।

फ्रान्सबाट ४ चैतमा काठमाडौं आइपुगेकी ती युवतीमा १० चैतमा कोभिड—१९ पोजेटिभ देखिएको थियो । त्यसपछि उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचाररत थिइन ।

अस्पतालले फ्लोअपका लागि हामी काउन्सिलिङ गरेर उनलाई घर पठाएको हो । उनी कोभिड—१९ पोजेटिभ पुष्टी भएको २९ दिनपछि डिस्चार्ज भएकी हुन् ।

यसअघि नेपालमा पहिलो कोभिड—१९ चीनको बुहानबाट फर्किएका पुरुष निको भएर घर फर्किसकेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ