२०८१ मंसीर ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचाररुकुममा २ केस शंकास्पद, स्वाब परीक्षणको लागि काठमाडौं पठाउने तयारी

रुकुममा २ केस शंकास्पद, स्वाब परीक्षणको लागि काठमाडौं पठाउने तयारी


सुर्खेत – रुकुम पश्चिमबाट ‘कोभिड १९’ परीक्षणका लागि सकंलन गरिएका नमुनामध्ये २ जनाको रिपोर्ट शकांस्पद देखिएको छ । कर्णाली प्रदेशको समाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महासाखा प्रमुख बृष बहादुर शाहीका अनुसार शंकास्पद रिपोर्ट आएपछि पुनः स्वाव संकलन गरिएको छ ।

उक्त संकलन गरिएको स्वाब काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउन लागिएको बताइएको छ । शंकास्पद रिपोर्ट देखिएका दुवैजना केही समय अघि भारतबाट फर्केका थिए । उनीहरु होम क्वारेन्टाइनमा बसिरहेको बताईएको छ । उनीहरुलाई चौरजहारी सामुदायिक अस्पतालको आइसोलेसनमा राख्ने तयारी भइरहेको पनि प्रमुख शाहिले जानकारी दिए ।

हालसम्म कर्णालीमा पिसिआर बाट ८ सय ५४ र ¥यापिड टेष्टबाट १ हजार ४८ जनाको कोरोना भाईरसको टेष्ट गरिएको छ । शंकास्पद २ जना बाहेक सबैको रिपोर्ट नेगेटिभ आएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ