गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कोरोना परीक्षणमा तीन सय २४ जनाकै रिपोर्ट नेगेटिभ कोरोना परीक्षणमा तीन सय २४ जनाकै रिपोर्ट नेगेटिभ मानदत्त रावल सोमबार, २०७७ वैशाख १ गते, १६:१४ मा प्रकाशित जुम्ला – कोरोना परीक्षणमा जुम्लाका तीन सय २४ जनाकै रिपोर्ट नेगेटिभ आएको छ । चैत्रको २५ गते भारत तथा तेस्रो मुलुकबाट जुम्ला आएका घुम्ती मेडिकल टोलीले तीन सय २४ जनाको संकलन गरी कोरोना परीक्षण गर्न काठमाडौं पठाएको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक डा. मंगल रावलका अनुसार कोरोना परीक्षणका लागि २५ चैतमा काठमाडौँ स्वाब संकलन गरी पठाएकोमा सोमबार तीन सय २४ जनाकै रिपोर्ट नेगेटिभ आएको छ । २५ चैत ०७६ मा कनकासुन्दरी गाउँपालिकाको लासीपाटन चौरमा ५०, हिमा गाउँपालिकाको देवारगाउँ खेल मैदानमा एक सय २४ र जुम्लाको विमाल स्थलमा एक सय ५० गरी तीन सय २४ जनाको स्वाब संकलन गरी परीक्षण गर्न काठमाडौं पठाएको थियो । संघीय सरकारअन्तर्गतको कोरोना भाइरस (कोभिड– १९) संकट व्यवस्थापन अप्रेसनको हेलिकोप्टरमा घुम्ती मेडिकल टोली र कर्णााली स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोलीले स्वाब संकलन गरी कोरोना परीक्षण गर्न काठमाडौं पठाएको थियो । यसअघि पहिलो चरणमा तीन जना र दोस्रो चरणमा ६ जना गरी ९ जनाको पनि कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन् । यहाँका स्थानीय १८ जना क्वारेन्टाइनमा बसेका छन् भने दुई सय ४४ जना घर फिर्ता भएको उनले बताइन् । जुम्लाभर अहिले दुई सय ६६ बेड क्वारेन्टाइन रहेका छन् । चार हजार ८ सय ५७ जनाको हेल्थ डेस्कमा स्क्रिनिङ गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णालीका मुख्यमन्त्रीको एक वर्षः डोल्पामा अस्पतालको नयाँ भवनदेखि किशोरीलाई एचपीभी… कर्णालीका ५५ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँच बाहिर अत्याधिक रक्तस्राव भएकी सुत्केरीको हेलिकप्टरबाट उद्दार वायु प्रदुषणबाट सुरक्षित रहन चिकित्सकको सुझाव दुर्घटनामा घाइते भएका ४३ वर्षीय सिनियर अहेब खत्रीको उपचारको क्रममा… कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्य सम्पादन प्रशंशायोग्य : प्रधानमन्त्री धेरै पढिएका १ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न २ नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ३ जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी सञ्चालन प्रक्रिया अगाडि बढाउँछौं : वनमन्त्री ४ नोबेलमा गलत उपचारले बिरामीको मृत्यु भएको भन्दैं हस्पिटलसहित डाक्टरविरुद्ध मुद्दा दर्ता ५ उपचारका लागि कोशी अस्पतालमा आउँछन् दैनिक १५ जनासम्म निःसन्तान दम्पत्ति ६ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ७ सर्वोच्चद्वारा डा. संगीताको रिटमा अन्तरिम आदेश दिन अस्वीकार Kalpana Craft ट्रेण्डिङ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं मुस्ताङमा पहिलो पटक गम्भीर बिरामीलाई रगत चढाउने सेवा सुरु राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११ औं शिखर सम्मेलन २८ देखि ३० चैतसम्म नेपालमा माल्दिभ्सका विद्यार्थीलाई पिजी अध्ययनको वातावरण मिलाउन स्वास्थ्यमन्त्री पौडेलद्वारा न्यूयोर्कमा द्विपक्षीय वार्ता काठमाडौंमा राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११ औं शिखर सम्मेलन सुरु नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकसहित जनशक्ति माग नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं मुस्ताङमा पहिलो पटक गम्भीर बिरामीलाई रगत चढाउने सेवा सुरु राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११ औं शिखर सम्मेलन २८ देखि ३० चैतसम्म नेपालमा माल्दिभ्सका विद्यार्थीलाई पिजी अध्ययनको वातावरण मिलाउन स्वास्थ्यमन्त्री पौडेलद्वारा न्यूयोर्कमा द्विपक्षीय वार्ता काठमाडौंमा राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११ औं शिखर सम्मेलन सुरु नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकसहित जनशक्ति माग नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न