२०८१ मंसीर १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसेनाको रक्तदानले जोगियो वृद्धाको ज्यान

सेनाको रक्तदानले जोगियो वृद्धाको ज्यान


महेन्द्रनगर – कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनमा वृद्धा आमा ६२ वर्षीया कलशा भाट बिरामीले थला परेपछि कञ्चनपुरको भीमदत्तनगरपालिका–९ ब्रह्मदेवका गणेश भाट तनावमा थिईन । विभिन्न उपाय गरेर चार दिनअघि भीमदत्तनगरस्थित महाकाली अस्पतालमा आमाको उपचारमा रहेका भाटलाई चिकित्सकले आइतबार रगत आवश्यक पर्ने भनेपछि भाटलाई समस्या झन् बल्झियो ।

“पत्थरीले आमाको शरीरमा रगत अभाव रहेको थाहा पाएपछि साथीभाइको सल्लाह अनुसार म सेनाको भगतपुर ब्यारेकमा सम्र्पक गरेर समस्या दर्शाए ।” भाटले भने“ब्यारेकबाट तत्काल मेजर साप नै आएर रगत दिएर जाँदा खुसी छु ।” भीमदत्तनगरस्थित नेपाली सेनाको श्री नं. २५ बाहिनी अड्डा भगतपुर ब्यारेकमा कार्यरत सेनानी गणेश महरा रक्तदान गरेर वृद्धाको ज्यान जोगाएका हुन ।

“यो मेरो नवौं पटक गरेको रक्तदान हो ।” सेनानी महराले भने“व्यारेकमा रगतका लागि बिरामीका आफन्तहरु आइरहेकै हुन्छन् ।” नेपाल रेडक्रस सोसाइटी भीमदत्तनगरले बिरामीहरु रगत अभाव हुँदा लामो समयदेखि सेनाको भरमा पर्दै आएको जनाएको छ । “सेनाले विभिन्न ठाउँमा रगत दिएर अकालमै मृत्यु हुनबाट धेरैको ज्यान जोगाएको छ ।” महराले भने ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ