२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारहिमानी ट्रष्टद्वारा सरकारी कोरोना कोषमा २ करोड जम्मा 

हिमानी ट्रष्टद्वारा सरकारी कोरोना कोषमा २ करोड जम्मा 


काठमाडौँ – पूर्व राजपरिवारले सरकारी कोरोना भाइरस रोकथाम, नियन्त्रण र  संक्रमण उपचार कोषमा २ करोड जम्मा गरेको छ। आइतबार पूर्व युवराज्ञी हिमानी शाह ट्रष्टले उक्त रकम सरकारी कोषमा जम्मा गरेको हो ।

यसअघि पूर्व राजा ज्ञानेन्द्र शाहले कोभिड नियन्त्रण तथा रोकथाम उपचारमा सहयोग पुर्याउन २ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए । उक्त रकम उनले आफ्नो बुहारी युवराज्ञी हिमानी शाहद्वारा संचालित हिमानी ट्रष्टमार्फत् सरकारी कोषमा जम्मा गरेका हुन्।

‘यस्तो बिषम् परिस्तिथिसँग जुध्न, हातेमालो गर्दै नेपाल सरकारलाई सहयोग पुर्याउने हेतुले श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट हिमानी कोषलाई रु २ करोड बक्स भएको सर्वविदितै गर्दछ । महाराजधिराज सरकारको यस महान योगदानलाई कार्यान्वयन गर्दै कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारको लागि टेवा पुगोस् भन्ने उद्देश्यका साथ उक्त रकम नेपाल सरकारको कोरोना भाइरस सक्रमण, रोकथाम र उपचार कोषमा जम्मा गर्न पाउँदा हिमानी कोष परिवार भाग्यशाली महशुस गर्दछ ।, ‘हिमानी ट्रष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ