२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकाबाट बाहिर जान दिने निर्णय भएको छैन : स्वास्थ्यमन्त्री

काठमाडौं उपत्यकाबाट बाहिर जान दिने निर्णय भएको छैन : स्वास्थ्यमन्त्री


काठमाडौं-स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले काठमाडौं उपत्यकाबाट बाहिर जाने निर्णय सरकारले नगरेको बताएका छन् । बिहीबार साँझ हेल्थआवाजसँग कुरा गर्दै मन्त्री ढकालले भोलि र पर्सी बाहिर जान दिने खालको कुनै पनि निर्णय सरकारले नगरेको बताए ।

‘राजधानीबाट बाहिर जान दिने कुनै निर्णय सरकारले गरेको छैन्,’ उनले भने, ‘अहिलेलाई त्यो कुरा सही होइन् ।’ उनले यस विषयमा सामान्य छलफल चलेपनि कुनै पनि निर्णय भने भै नहालेको बताए ।

यसअघि केही सञ्चारमाध्यमहरुमा भोलि र पर्सी सरकारले राजधानीबाट बाहिर जाने नागरिकहरुका लागि जान दिने समाचार प्रकाशित गरेका थिए । तर, मन्त्री ढकालले भने त्यस्तो खालको कुनै निर्णय नभएको स्पष्ट पारे ।

यस्तो समाचार बाहिरिएपछि केही मानिसले उपत्यका छाड्नका लागि तयारीमा समेत जुटेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ