गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ तिलोत्तमामा पहिलोपटक आरडिटीबाट कोरोना भाइरसको परीक्षण तिलोत्तमामा पहिलोपटक आरडिटीबाट कोरोना भाइरसको परीक्षण बीपी गौतम बिहीबार, २०७६ चैत्र २७ गते, १७:४२ मा प्रकाशित बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिकाको शंकरनगरस्थित क्वारेन्टाइनमा बसेका दश जनाको ¥यापिड डाइगोनोस्टिक टेस्ट किट (आरडिटी) बाट कोरोना भाइरसको परीक्षण गरिएको छ । आरडिटी विधिमार्फत् नेपालमा पहिलो पटक गरिएको दश जनाकै कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको नगर स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत ईश्वरी पौडेलले जानकारी दिए । भारतबाट आएर क्वारेन्टाइनमा १४ दिन बसाई पूरा गरेकाहरुको कोरोना परीक्षण गरिएको हो । सरकारले क्वारेन्टाइनमा बसेका सबै जनाको आरडिटी विधिमार्फत् कोरोना परीक्षण गर्ने नीतिअनुसार पहिलो चरणमा बिहीबार १० जनाको परीक्षण गरिएको हो । भारतबाट फर्किएकामा संक्रमण देखिएपछि हालै बसेको कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले परीक्षणलाई व्यापकता दिने निर्णय गरेको थियो । तिलोत्तमा नगरपालिकाले सामाजिक विकास मन्त्रालयबाट किट ल्याएर परीक्षण गरेको हो । परीक्षण कार्यमा ल्याव टेक्निसियन कृष्ण घिमिरे र मिलन श्रेष्ठ सहभागी थिए । उनीहरु डब्लुएचओको मापदण्डअनुसार सरकारले उपलब्ध गराएको पिपिइ लगाएर परीक्षण कार्यमा सहभागी भएका हुन् । आरडिटी कोरोना परीक्षणको नतिजा नेगेटिभ आएकाहरुलाई प्रक्रिया पूर्याएर क्वारेन्टाइनबाट बिदा गरिने सिनियर अहेव अधिकृत गणेश गौतमले जानकारी दिए । आरडिटी परीक्षणमा पोजिटिभ नतिजा आएहरुको स्वाब परीक्षण गर्ने व्यवस्था रहेको उनले बताए । तिलोत्तमा नगरपालिकाले बिहीबार सामाजिक विकास मन्त्रालयबाट २० वटा किट प्राप्त गरेको थियो । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य स्वंयसेविका मृत्यु भएपछि नेपालगञ्ज उप–महानगरपालिकामा विदा रेडक्रस सभापति अग्रहरीद्वारा १० लाख रुपैयाँको अक्षय कोष घोषणा ४ अर्ब ८७ करोड लागतमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४००… नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच काठमाडौंमा वार्ता हुँदै नेपालगन्ज मेडिकल कलेजका ओपीडी र शैक्षिक कार्यक्रमहरू सुचारु, हटाइयो सन्जीवनी… अस्पतालको ओपीडी सेवा र शैक्षिक कार्यक्रममा अवरोध गरी आन्दोलन नगर्नु धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ३ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ४ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ७ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो Kalpana Craft ट्रेण्डिङ आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता