२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना उपचारका लागि देशभर १०२९ आईसीयु र ५५२ भेन्टिलेटर रहेको स्वास्थ्य मन्त्रालयको भनाइ

कोरोना उपचारका लागि देशभर १०२९ आईसीयु र ५५२ भेन्टिलेटर रहेको स्वास्थ्य मन्त्रालयको भनाइ


काठमाडौं–कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचार गर्न देशभर १ हजार २९ आईसीयु (क्रिटिकल केयर) र ५५२ भेन्टिलेटर तयार भएका छन् । यीबाहेक १२० आईसीयु उपत्यकामा र ११५ बेड उपत्यका बाहिर थपिदैंछन् ।

सरकारले वीर, पाटन, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, नेपाली सेना र सशस्त्र प्रहरीको अस्पताललाई छुट्टै १२० आईसीयु थप गर्ने निर्णय यसअघि नै गरेको छ । सोहीअनुसार तोकिएका अस्पतालले काम गरिरहेका छन् । पाटन र टेकुमा सामान आएपनि लकडाउनले गर्दा जडानमा केही ढिला भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिड–१९ संक्रमितको स्वास्थ्य उपचारका लागि १०२९ शैय्या आईसीयु तयार छ । काठमाडौं, भक्तपुर र ललितपुरमा २७८ आईसीयु र २५० भेन्टिलेटर तयारी अवस्थामा छ । त्यस्तै, उपत्यका बाहिर ७५१ आईसीयु र ३०२ भेन्टिलेटर उपचारका लागि तयार गरिएको छ ।

साथै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परिक्षणका गर्न ६० हजार रिएजेन्ट किट ल्याइएको छ । त्यसबाट १ लाख बढी बिरामीको नमुना परिक्षण गर्न सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर ३६ हजार ४७१ क्वारेन्टाइन र ३ हजार २०१ आइसोलेसन वेड

  • प्रदेश नम्बर १ मा ३ हजार ८८० क्वारेन्टाइन वेड छन् । ७५० जना क्वारेन्टाइनमा छन् । आइसोलेसन वेडको संख्या ४३२ रहेको छ । २१ जना आइसोलेसनमा बसेका छन् । प्रदेश १ मा ११ सय ९२ पर्सनल प्रोटेक्टीभ इक्युपमेन्ट पीपीई मौज्दात छ ।
  • प्रदेश २ मा ३ हजार २२७ क्वारेन्टाइन वेड छन् । ९७९ जना क्वारेन्टाइनमा छन् । आइसोलेसन वेडको संख्या २९४ रहेको छ । २२ जना आइसोलेसनमा बसेका छन् । १५११ पर्सनल प्रोटेक्टीभ इक्युपमेन्ट पीपीई मौज्दात छ ।
  • बाग्मती प्रदेश मा ४ हजार ३३३ क्वारेन्टाइन वेड छन् । ३८९ जना क्वारेन्टाइनमा छन् । आइसोलेसन वेडको संख्या ९५८ रहेको छ । २९ जना आइसोलेसनमा बसेका छन् । ५२५ पर्सनल प्रोटेक्टीभ इक्युपमेन्ट पीपीई मौज्दात छ ।
  • गण्डकी प्रदेशमा ४ हजार ७१५ क्वारेन्टाइन वेड छन् । ९१८ जना क्वारेन्टाइनमा छन् । आइसोलेसन बेडको संख्या २६५ रहेको छ । ६ जना आइसोलेसनमा बसेका छन् । १०८४ पर्सनल प्रोटेक्टीभ इक्युपमेन्ट पीपीई मौज्दात छ ।
  • प्रदेश ५ मा ५ हजार ११६ क्वारेन्टाइन वेड छन् । २६०२ जना क्वारेन्टाइनमा छन् । आइसोलेसन वेडको संख्या ५१२ रहेको छ । ३४ जना आइसोलेसनमा बसेका छन् । १००८ पर्सनल प्रोटेक्टीभ इक्युपमेन्ट पीपीई मौज्दात छ ।
  • कर्णाली प्रदेशमा २ हजार ७८८ क्वारेन्टाइन वेड छन् । ६९२ जना क्वारेन्टाइनमा छन् । आइसोलेसन बेडको संख्या ४६६ रहेको छ । कोही पनि आइसोलेसनमा छैनन् । १ हजार ५३९ पर्सनल प्रोटेक्टीभ इक्युपमेन्ट पीपीई मौज्दात छ ।
  • सुदूरपश्चिम प्रदेशमा १२ हजार ४१२ क्वारेन्टाइन बेड छन् । २२५० जना क्वारेन्टाइनमा छन् । आइसोलेसन बेडको संख्या २७४ रहेको छ । ९ जना आइसोलेसनमा छन् । ९१८ पर्सनल प्रोटेक्टीभ इक्युपमेन्ट पिपिइ मौज्दात छ ।

एम्बुलेन्सको अवस्था कहाँ कति ?

देशभर १९१३ एम्बुलेन्स छन् । प्रदेश १ मा ३८४ एम्बुलेन्समध्ये क वर्गका ८ ख वर्गका २२ र ग वर्गका ३५४ वटा छन् ।
प्रदेश २ मा ३२४ एम्बुलेन्स मध्ये क वर्गमा ३२, ख वर्गका २२ र ग वर्गका २७० रहेका छन् । वाग्मती प्रदेशमा ३५२ एम्बुलेन्समध्ये ख वर्गका २३ र ग वर्गको १२९ रहेको छ । गण्डकी प्रदेशमा २२२ एम्बुलेन्स मध्ये क वर्गका २ ख वर्गका ३४ र ग वर्गका १८६ रहेको छ ।
प्रदेश ५ मा ३४० एम्बुलेन्स छन् । क वर्गका २ ख वर्गमा ३ र ग वर्गका ३३५ छन् । कर्णाली प्रदेशमा ४७ एम्बुलेन्समध्ये क वर्गका ५ ख वर्गका ७ र ग वर्गका ३५ छन् ।
सुदूरपश्चिम प्रदेशमा ११३ एम्बुलेन्स रहेका छन् तर, एम्बुलेन्सको वर्गीकरण गरिएको छैन । काठमाडौमा ७० एम्बुलेन्समध्ये १९ क वर्गका २९ ख वर्गका र २२ ग वर्गका रहेका छन् । त्यस्तै, भक्तपुरमा २३ एम्बुलेन्स छन् तीमध्ये सबै ग वर्गका रहेका छन् । ललितपुरमा ३८ एम्बुलेन्समध्ये ३ क वर्गका १९ ख बर्गका र १६ ग वर्गका रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ