२०८१ मंसीर २, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोरोना विरामीको उपचार गर्न जब प्रधानमन्त्री नै डाक्टर बने

कोरोना विरामीको उपचार गर्न जब प्रधानमन्त्री नै डाक्टर बने


विश्वव्यापी रुपमा ‘कोभिड-१९’को संक्रमण फैलिरहेको अबस्थामा आयरल्याण्डका प्रधानमन्त्री डाक्टर लियो वरादकरले आफ्नो देशको  स्वास्थ्य सेवालाई मद्दत गर्न चिकित्सक सेवामा पुन जोडिएका छन्। कोरोनाको प्रकोपलाई मध्यनजर गर्दै उनले हप्तामा एकपटक कोरोना विरामीको सेवा गर्ने निर्णय गरेका हुन्।

आइतबार एक सरकारी प्रवक्ताले एक विज्ञप्तिमा भने -प्रम वरादकरले हप्तामा एकपटक चिकित्सा सेवा दिने प्रस्ताव राखेका छन्।आयरिश टाइम्समा लेखिएको छ – ‘उनले सन् २००३मा डब्लिनको ट्रिनिटी विश्वविद्यालयबाट मेडिकल डिग्री हासिल गरेका थिए।राजनीतिमा प्रवेश गर्नु भन्दा पहिले उनी ‘सेन्ट जेम्स’ अस्पताल र ‘डब्लिनको कनोली’ अस्पतालमा जुनियर डाक्टरको रूपमा कार्यरत थिए।’

आयरल्याण्डमा ५ हजार जनामा कोरोना भाइरस पुष्टि भईसकेको छ। आयरल्याण्डमा कोरोनाको बढ्दो संक्रमणलाई ध्यानमा राख्दै, प्रधानमन्त्री लियो वरादकर पुन चिकित्सा पेसामा लाग्ने भएका हुन् । आयरिश प्रधानमन्त्रीको कार्यालयका अनुसार, प्रधानमन्त्री लियोले पुन ताओसिएच मेडिकल रजिस्टरमा फर्किने फैसला लिएका हुन्। उनले सन् २०१३मा चिकित्सा पेशाबाट राजिनामा दिएका थिए।

प्रम वरादकरले आयरल्याण्डको स्वास्थ्य सेवा कार्यकारी (एचएसई) लाई “अभ्यासको दायराभित्र रहेका क्षेत्रहरुमा हप्ताको एक सिफ्ट” को लागी आफुले सेवा दिने प्रस्ताव गरे।

“उनका परिवारका सदस्यहरु र साथीहरू स्वास्थ्य सेवामा कार्यरत छन्। उनीहरु पनि उनको यो कार्यमा जोडिएका छन् । उनीहरु कोरोना पिडितको लागि आफ्नो सानो भए पनि मद्दत गर्न चाहान्छन।, ‘प्रवक्ताले भने  ।

आयरल्याण्डका स्वास्थ्यमन्त्री साइमन ह्यारिसले भने, ‘हामीले देशमा एक अभियान शुरु गरेका छौ जसमा हामी ती मानिसलाई एकपटक फेरी डाक्टरको पेशामा जोड्न चाहान्छौ जसले कुनै कारणवस पेशा छाडे । सरकारको यस प्रयास पछि ७० हजार भन्दा बढी व्यक्ति  कोरोना प्रकोपलाई सम्हाल्न संघर्ष गरिरहेका छन्।

एचएसईले भन्यो, ‘ आइरिसका प्रम वरदकरले भाइरसको सम्भावित बिरामीहरूलाई फोनको सुबिधाको लागि सहयोग पुर्‍याउने छन्।
आयरिश टाइम्सको रिपोर्ट अनुसार, उनी एक चिकित्सा परिवारका हुन्। उनका परिवारका सबै सदस्य स्वास्थ्य सेवामा कार्यरत छन्।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ