२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमै छन् २५ वटा कोरोना जाँच्न सकिने अत्याधुनिक मोलिकुलर ल्याब (सूचीसहित)

नेपालमै छन् २५ वटा कोरोना जाँच्न सकिने अत्याधुनिक मोलिकुलर ल्याब (सूचीसहित)


काठमाडौं—नेपालमा कोरोना भाइरस (कोभिड—१९) परीक्षण गर्न सक्ने २५ वटा अत्याधुनिक मोलिकुलर ल्याब सन्चालन गर्न सकिने अवस्थामा रहेको पाइएको छ । तीमध्ये हाल ६ वटा मात्रैं सञ्चालनमा छन् भने एउटा सन्चालनको तयारीमा छ ।

बाँकी १८ वटा भने अहिले पूर्ण रुपमा सन्चालन नभएको अवस्थामा छन् । अहिले कोभिड—१९ को तीब्र परिक्षण लागि प्रयोगशालाहरु अभाव खडकिरहेका बेला यी प्रयोगशालाहरु सन्चालनमा ल्याउन सकिने सम्भावना प्रशस्त रहेको विज्ञहरु बताउँछन् । यी सबै ल्याबबाट कोभिड—१९ को परीक्षणका लागि निकालिने थ्रोट स्वाब पिसिआर प्रविधीबाट जाँच गर्न सकिन्छ ।

त्रिभुवन विश्वविद्यालयका आनुवंशिक वैज्ञानिक प्रा.डा. गिरीराज त्रिपाठी यदि सरकारले नेपालमै भएका ल्याबलाई सही तरिकाले प्रयोग गर्ने हो भने दैनिक ५ हजारभन्दा बढी स्याम्पल परीक्षण गर्न सकिने बताउँछन् । ‘हामीसँग २६ वटा कोभिड—१९ जाँच गर्न सक्ने ल्याबहरु छन् र ३ हजारभन्दा बढी जनशक्ति छ,’ उनी भन्छन्, ‘यहाँ समन्वयको मात्र अभाव भएको हो ।’

उनकाअनुसार यी सबै फुल सेटअपमा रहेका धेरै नै अत्याधुनिक रिसर्च ल्याब हुन् । ‘यी सबै अत्याधुनिक रिसर्च ल्याबहरु हुन् । अहिले प्रदेशमा लगेर टेष्ट भैरहेका पोर्टेबल प्रयोगशालाहरुभन्दा यी ल्याबहरु निकै उच्चस्तरका हुन्छन्,’ उनी भन्छन्, ‘यिनीहरुले एकै पटकमा धेरै मात्रामा जाँच गर्ने क्षमता हुन्छ ।’ उनकाअनुसार क्षमता बढाउने हो भने एउटा ल्याबले एक पटकमा १ सय वटा सम्म नमुना परीक्षण गर्न सक्छ ।

सरकारले अहिले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, किटजन्य रोग नियन्त्रण केन्द्र हेटौडा र धुलिखेल अस्पतालमा रहेको प्रयोगशालाबाट कोभिड—१९ जाँच गर्न सुरु गरेको छ भने भरतपुरमा कृषि तथा वन विश्वविद्यालयको प्रयोगशाला भरतपुर महानगरपालिकाको समन्वयमा सञ्चालनमा ल्याइएको छ । काठमाडौंमा भएको सिएमडिएम र राष्ट्रिय क्षयरोग केन्द्रका प्रयोगशाला भने अनुसन्धानका लागि मात्रै प्रयोग हुँदै आएका छन् ।

पीसीआर प्रविधीका ल्याब सन्चालन गर्न ल्याबभन्दा पनि यसका मोलिकुलर र रिएजेन्टहरु महंगो पर्ने भएको हुँदा नियमित सन्चालनमा कठिनाई भएको प्रा.डा. त्रिपाठी बताउँछन् । सरकारले अघिल्लो शनिबार चीनबाट ५ वटा पोर्टेबल पिसीआर ल्याब ल्याएको छ । ती ल्याबहरुब धनगढी, सुर्खेत, बुटवल, पोखरा र जनकपुरबाट परीक्षण सुरु गरिसकेका छन् ।

कहाँ—कहाँ छन् नेपालमा कोभिड—१९ जाँच्न सकिने ठूला प्रयोगशाला?

१. त्रिभुवन विश्वविद्यालय केन्द्रीय माइक्रोलोजी विभाग, कीर्तिपुर
२. त्रिभुवन विश्वविद्यालय केन्द्रीय बायोटेक्नालोजी विभाग, कीर्तिपुर
३. राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुर
४. नेशनल कलेज नयाँ बजार, त्रिवि
५. सेन्ट्रर फर मोलिकुलर डाइनामिक नेपाल (सिएमडिन)
६. वाल्टर रिड एएफआरआईएमएस रिसर्च युनिट नेपाल
७. फरेन्सिक ल्याब, खुमलटार
८. विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
९. ल्याबोटोरी अफ द एग्रो एण्ड बायोमेट्रिक रिसर्च, त्रिवि
१०. रिसर्च इन्स्टीच्युट फर बायोसाइन्स एण्ड बायोटेक्नोलोजी
११. राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु
१२. आनन्दवन अस्पताल, लेले
१३. मेडिसिटी अस्पताल, भैसीपाटी
१४. धुलिखेल अस्पताल, काभ्रे
१५. डिकोट जेनोमिक एण्ड रिसर्च सेन्टर, सिनामंगल
१६. विउविजन गुणस्तर नियन्त्रण केन्द्र, पुल्चोक
१७. सेन्टर भेटेनरी ल्याब्रोटरी, टेकु
१८. राष्ट्रिय क्षयरोग केन्द्र, ठिमी
१९. वीर अस्पताल
२०. नेशनल रिफ्रेन्स ल्याब्रोटरी, बानेश्वर
२१. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान
२२. नेपाल एग्रीकल्चर रिसर्च काउन्सिल, खुमलटार
२३. सेन्टर डाइग्नोटिक रिसर्च लेब्रोटरी, कमलपोखरी
२४. कृषि तथा वन विश्वविद्यालय, बायोटेक्नोलोजी विभाग
२५. काठमाडौं सेन्टर फर जेनोमिक्स एण्ड रिसर्च, ग्वार्को


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ