२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यघरबेटीलाई एउटा स्वास्थ्यकर्मीको खुलापत्र

घरबेटीलाई एउटा स्वास्थ्यकर्मीको खुलापत्र


आदणिय घरबेटी बा, 

म अहिलेसम्म आराम छु । हजुर र हजुरको स- परिवारको नि आराम सु–स्वास्थ्य दीघार्युको कामना गर्दछु । घरबेटी बा मैले हजुरलाई पत्र लेख्नै पर्ने जरुर नयाँ सामाचार त केही छैन । तर, विश्व कोरोना संक्रमणको जोखिममा अत्तालिरहेको अवस्थामा हाम्रो देश नेपाल पनि अछुतो रहन सकेन् । बा के गर्नु यो न हजुरले चाहेर भएको हो वा हामी स्वास्थ्यकर्मीले नै । तर, म एउटा इमान्दार स्वास्थ्यकर्मी बिरामीको सेवा गर्नैपर्छ । यो मेरो पेशागत जिम्मेवारी र कर्तब्य पनि त हो नि होइन र ?

बा म स्वास्थ्य संस्थामा इमान्दार स्वास्थ्यकर्मी भएको सजाए स्वरुप हजुरजस्ता केही घरबेटीले मजस्तै स्वास्थ्यकर्मी घरबाट निकालिएको सामाचारले म पनि सम्हालिन सकिन् । बा त्यसैले म आम घरबेटी बा आमाहरुप्रति समर्पित भएर एउटा खुल्लापत्र लेख्दैछु । घरबेटी बा म कुनै घरबाट नै निकालिनुपर्ने कुनै अपराधी पनि त हैन नि ? मैले के हजारौ बिरामीको सेवा गर्नु अपराध हो र ? बा मेरो धर्म भनेकै कुनै मन्दिरमा फूल चढाउनु, दीप बाल्नु होइन्, सेवा गर्नु धर्म सोच्छु । हजुरले नि सोचिदिनु न बा ।

घरबेटी बा हजुरले आफै कोठा भाडा दिदा नै भन्नुभएको थियो त डाक्टर साबलाई कोठा दिए कहिले बिमार हुँदा ओखतीको टन्टा लिनु पर्दैन होइन र? बा अनि आज किन यति कठोर बन्ने कोसिस गर्नु भएको ? साँच्ची मैले नै होइन र घरबेटी बा आमा बिरामी हुँदा घरमै ओखती बोकेर खुवाको अनि म नै होइन् । दाइ बिरामी हुँदा भाउजुसँग दिन रात अस्पतालमा कुरुवा बसेको कसरी बिर्सन सक्नुहुन्छ? बा म नै होइन र हजुरले सधै लतको रुपमा दैनिक रक्सी र चुरोटको पियाइले थलिएको गलेको त्यो ज्यान सम्झाइ बुझाइ चेत खुलाएर लत त्यागेर बलवान भएर हिंड्न सक्ने प्रेरणा दिएको ।

अनि बा हरेक पर्व आउँदा हजुरले नै होइन र छोरी भन्दै मेरो खाली निधारमा रातो टीका लगाउँदै यसरी इमान्दार भै बिरामीको सेवा गर्नु भनेको । अनि, मेरो मा मिठो मसिनो पाक्दा हजुरको र हजुरको मा मिठो मसिनो पाक्दा कचौरामा साटासाट गरेर खाको । म गाउँबाट आउँदा लिएको गुन्द्रुक हजुरलाई नासो सम्झेर मैले दिने र हजुरको घरमा बनेको मिठो परिकार मेरा लागि भाग थाँती राखेको । घरबेटी आमाले ती हिजोको अतीत कसरी भुल्न सक्नु होला र ? अरुले उक्साए पनि अरुको लहलहैमा लाग्नु हुने छैन र चेत खुलाएर पनि हजुरले मेरो बाँस खोस्न सक्नु हुने छैन नै ।

बा यो बेला विश्वमा कोरोनाको जोखिमले हजारौले ज्यान गुमाइसके । केही अस्पतालको शैय्यामा तड््िपरहेका छन त केही आफन्तको बियोगमा नुनिला आँसु पिइरहेका छन् । बा यो बेला आत्मसम्मान सहयोग आत्मबल दिएर मलाई सेवा दिने उत्साह चाहिएको छ । यो बेला मलाई दिन रात डियुटी खट्दा थाकेको शरीरलाई आराम दिने बाँस चाहिएको छ । बा त्यसैले घरमा बस्नबाट बञ्चित नगरिदिनुस् ।

अनि था छ कि छैन घरबेटी बा ? नेपाल सरकारले घरमा भाडामा बस्नेलाई निकाला गर्नेलाई कारबाही गर्ने नियम बनाएको छ नि ? घरबेटी बा हिजो हामी एउटा घरको परिवार । हजुर मेरो बा समान माया गर्ने मान्छे । म हजुरको छोरी समान माया गर्ने छोरी । हजुरलाई कारबाहीको हत्कडी लगाउन कहाँ सक्छु र ? बरु बा हामी सबैले यो पापी रोगबाट छुटकारा पाउनका लागि सामाजिक दूरी कायम गरौं ।

म हजुर, घर परिवारसँग हात मिलाउने ढोग्ने गर्दिन । म टाढाबाट नमस्कार गरौला । नियमित साबुन पानीले हात धुने, मास्क प्रयोग गर्ने र हामी बीचको एउटा खाना खाने भान्छाको दूरी टाढा राखौला । यहि सहमती गरौ । सुखदुःख सामानाको लागि एक अर्कामा हातेमालो गरौ है । घरबेटी बा हजुर पनि सचेत भएर सरकार र स्वास्थ्यसँग सरोकार राख्ने सरोकारवालाको आदेशको पालना गरी सुरक्षित हुनुहोस् ।

अनि म पनि सकेसम्म सुरक्षित रहेर विभिन्न रोग तथा कोरोना पापी रोगबाट सकेसम्म सबैलाई बचाउन र बच्नको लागि सरकारले खाटाएको जिम्मेवारी पूरा गर्ने छु । महामारी कोरोनाको कालबाट बच्यौ भने हिजोजस्तै खुसी साटौला । एउटा भान्सामा खाना खाउँला र फुर्सदमा भलाकुसारी गर्ने नै छौ । यति भन्दै मेरो आग्रहलाई आम घरबेटीले भाडामा बस्ने आम स्वास्थ्यकर्मीलाई हतोत्साहित बनाउने अमानवीय व्यवहार गर्नु हुने छैन भन्ने आशा र विश्वासका साथ यो पत्र यहि अन्त्य गर्दछु ।

उहि तपाईको घर बस्ने स्वास्थ्यकर्मी
रामकुमारी खड्का
आयुर्वेद स्वास्थ्य सहायक
मिति २०७६/१२/२३


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ