२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालयले भन्यो, ‘पोखरामा आज कुनै ‘कोभिड-१९’ पोजेटिभ भेटिएको छैन्’

स्वास्थ्य मन्त्रालयले भन्यो, ‘पोखरामा आज कुनै ‘कोभिड-१९’ पोजेटिभ भेटिएको छैन्’


काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरामा कोभिड-१९ को पोजेटिभ नभेटिएको जनाएको छ । शुक्रबार मन्त्रालयको नियमित ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मिडियामा पोजेटिभ भनेर चर्चा भएपनि पोखरामा कुनै पोजेटिभ देखिएको बताए ।

मन्त्रालयका प्रवक्ता डा. देवकोटाको भनाइजस्ताको तस्तै

धेरै मिडियाहरुमार्फत पोखरामा पोजेटिभ केस देखियो भन्ने उठेको छ, पोखराको हालसम्म कुनै पनि पोजेटिभ केस छैन् ।
अहिले प्रदेशमा विस्तार गयौं, प्रदेशमा मेसिनहरु गएको छ, रिएजेन्टहरु गएको छ । त्यो मेसिनहरुको भ्यालिडेसनको कुरा आउँछ । केही कुराहरु त्यहाँ प्रष्ट रुपमा गर्नुपर्ने हुन्छ । संख्या यथेष्ट रुपमा गरेर पोजेटिभ नेगेटिभको संख्याहरु आएर अन्त पनि भेरिफाइ भयो भने यो सब सिष्टम ठीक छ भन्ने नर्मल फेनोमेना हो ।

त्यहाँ परिक्षण हुने त्यसपछि फेरि हाम्रो राष्टिय जनस्वास्थ्य प्रयोगशालामा आउने यो दोहोरो भयो भन्ने कुरा पनि केहीले उठाउनुभएको छ, त्यसो हुँदैंन्, यो चाहिँ भ्यालिडेसन गर्ने प्रक्रियामा मेसिन र रिएजेन्ट मिलेको कुरा हेर्नका लागि केही नमुनाहरु हामीले पुनः गर्नुपर्ने हुन्छ । त्यो हाम्रो निर्णय र परिक्षणको नतिजा क्रंक्रिट होस भन्नलाई हो, यो सधैं गर्नु पर्दैन् । केही समयका लागि हुन्छ । कुनै केस शंकास्पद भयो भने त्यहाँ पनि रिपिट हुन्छ, यहाँ पनि थप रिपिट हुन्छ । यो सबै प्रक्रिया भैसकेपछि मात्र हामीले रिजल्ट प्रकाशित गर्छौ । त्यो हिसाबले आजसम्म त्यहाँ पोखरामा पोजेटिभ नआएको स्थिती छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ