२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपाँचौ र छैटौं कोरोना संक्रमित दुवै आफन्त

पाँचौ र छैटौं कोरोना संक्रमित दुवै आफन्त


काठमाडौं –नेपालमा बिहीबार थप एक जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टी भएको छ । उनी बाग्लुङ घर भएकी ६५ वर्षीया वृद्धा हुन् । ती वृद्धा चैत्र १५ गते पाँचौ संक्रमण पुष्टी भएकी १९ वर्षीया युवतीकी हजुरआमा पर्ने संक्रमितको आफन्तले जानकारी दिए ।

बेल्जियमबाट हजुरआमा र नातिनी कतारको दोहा हुँदैं काठमाडौं आएका थिए । ती ६५ वर्षीया वृद्धा हवाईजहाजमा नातिनीसँगैको एउटै लहरमा बसेर चैत्र ४ गते कत्तारको राजधानी दोहाबाट (DOH-KTM) QR -652) फ्लाइटमा काठमाडौं आएकी थिइन् । उनी दुवै जना काठमाडौंबाट पोखरा हुँदै स्कारपियोमार्फत बाग्लुङ पुगेका थिए ।

यसअघि सोही फ्लाइटमा फ्रान्सबाट आएकी एक १९ वर्षीया युवतीमा चैत्र १० मा कोरोना संक्रमण पुष्टी भएको थियो । उनी पनि दोहा टान्जिट बनाएर आएकी थिइन् । यससँगै एकै उडानमा आएका ३ जना महिलामा कोरोना संक्रमण देखिएको छ । नेपालमा कोभिड-१९ को संक्रमण पुष्टी भएका सबै जना विदेशबाट फर्किएका हुन् ।

कोभिड-१९ पुष्टि भएको ६ मध्ये १ संक्रमित निको भएर घर फर्किसकेका छन् । अरुहरुको भने उपचार भैरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ