२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालयद्धारा ओम्नीसँग गरेको सम्झौता रद्ध, ५ करोड धरौटी जफत हुने

स्वास्थ्य मन्त्रालयद्धारा ओम्नीसँग गरेको सम्झौता रद्ध, ५ करोड धरौटी जफत हुने


काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री  ल्याउन ओम्नी समूहसँग गरेको सम्झौता रद्ध गरेको छ ।

बुधबार मन्त्रालयले ओम्नीले कमसल सामाग्री ल्याएको भन्दैं सम्झौता रद्ध गरेको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । ‘हामीले दिएको समय ३० तारेखभित्र उहाँले १० प्रतिशत हाराहारी मात्रै सामान ल्याउनुभयो’, उनले भने, ‘भोलि दिनुपर्ने सामान पनि दिन सक्ने कुनै छाटकाट देखिएन । त्यसैले सम्झौता रद्ध गरेर धरौटी जफत गर्ने र कालोसूचीको प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ ।’

साथै, तोकिएको समयमा ल्याउँछु भनेका सामाग्री ल्याउन नसकेको र ल्याएका सामाग्री पनि कमसल ल्याएको भन्दैं मन्त्रालयले धरौटीमा राखेको ५ करोड रुपैयाँ जफत गर्ने र कम्पनी कालोसूचीमा राख्न कम्पनीको रजिष्टारमा पठाउने भएको छ ।

हालैमात्र मन्त्रालयले ओम्नीसँग कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक सामाग्री चीनबाट सप्लाई गर्न ओम्नीसँग सम्झौता गरेको थियो । तर, ओम्नीले ल्याएका सामानको गुणस्तरलगायतका विषयमा  प्रश्न उठेको थियो ।

महानिर्देशक श्रेष्ठले भोलिदेखि नयाँ प्रक्रिया सुरु गर्ने बताउँदैं तीन दिनको सूचना निकालिने बताए । ‘सस्तोमा निवेदन दिन सबैलाई आग्रह गर्छु,’ उनले भने, ‘बढीमा ५ दिनभित्र ल्याउने गरी सम्झौतामा गर्छौ र त्यहीअनुसार सामान उपलब्ध गराउँछौं ।’

उनले स्वास्थ्य सेवा विभागले आवश्यक सामाग्री अस्पताल र स्वास्थ्य संस्थालाई उपलब्ध गराउने बताउँदैं बिरामीको ढुक्कले उपचार गर्न आग्रह गरे ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ