२०८१ मंसीर २, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडोल्पाका प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारीबाट हटाउन गोदानको माग

डोल्पाका प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारीबाट हटाउन गोदानको माग


काठमाडौं–सरकारी चिकित्सक संघ (गोदान)ले डोल्पाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई जिम्मेवारीबाट हटाउन माग गरेको छ । मंगलबार डोल्पा जिल्ला अस्पतालका प्रमुख डा. सिजन रावललाई आफूसँग विचार बाझेकै आधारमा हिरासतमा राखेको भन्दैं गोदानले उनलाई तत्काल जिम्मेवारीबाट हटाउन माग गरेको हो ।

बुधबार गोदानका अध्यक्ष डा. दीपेन्द्र पाण्डे र महासचिव डा. रविन खड्काले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘छलफलका क्रममा आफूसँग विचार बाझेपछि जहाँनियाँ राणा शासनको झल्को दिने गरी प्रजिअले अस्पतालका प्रमुख डा. सिजन रावललाई बिना कुनै पत्र वा अदालती प्रक्रिया तत्काल नै बलजफ्ती हिरासतमा राखेको, मोबाइल फोन जफत गरी सम्पर्कबिहीन बनाएको र बिना आधार मेडिकल जाँच गर्न आदेश दिएको जस्तो आधारभूत मानवअधिकार समेतको ख्याल नगरी चालेको कदमको यो संघ घोर भत्र्सना गर्दछ ।’

यस्तै, गोदानले अस्पतालमा काममा व्यस्त भएकाले छलफलमा केही ढिलो पुगेका चिकित्सकहरुलाई समेत गाली गलौज र अपमानजनको कार्य गरेको समेत उल्लेख गरेको छ । संघले विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोभिड–१९ का बीच चिकित्सकलाई प्रोत्साहन गर्नुपर्ने ठाउँमा आफ्नो हैसियतको दुरुपयोग गरी प्रमुख जिल्ला अधिकारीले समग्र जिल्लावासीको स्वास्थ्यसँग खेलवाड गरेको आरोप लगाएको छ ।

उसले समन्वयकारी क्षमता नभएका डोल्पाका प्रमुख जिल्ला अधिकारी सुनारलाई जिम्मेवारीबाट हटाएर विभागीय कारवाही गरी समन्वयकारी क्षमता भएका व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीका रुपमा डोल्पा पठाउन समेत माग गरेको छ । प्रमुख जिल्ला अधिकारी सुनारको सरुवा नभएर तत्काल आन्दोलन कार्यक्रम ल्याउन बाध्य हुने चेतावनी गोदानले दिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ