२०८१ असोज ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेश‘कोभिड – १९’ : ‘स्वाव’ परीक्षणका लागि काठमाडौं पठाईयो

‘कोभिड – १९’ : ‘स्वाव’ परीक्षणका लागि काठमाडौं पठाईयो


जुम्ला – जुम्लामा कोराना भाइसरको संक्रमणको आंशका गरिएका चार जना बिरामीको नमुना परीक्षणका लागि ‘स्वाव’ काठमाडौं पठाइएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा चार दिन देखि आइसोलेसनमा भर्ना भएका दुई जना र तातोपानी गाउँपालिकाको लाम्रा र कालिकोटको नाग्म क्वारेन्टाइनमा बसेका एक एक जना गरी चार जनाको ‘स्वाव’ नमुना परिक्षणका लागि काठमाडौं पठाइएको हो ।

‘उच्च ज्वारो आएका चार जना बिरामीको स्वाव संकलन भएको थियो’ प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले भने, सोमबार नै एम्बुलेन्सबाट स्वाव नेपालगन्ज पठाइसक्यौँ ।’ मंगलबार नेपालगन्जमा काठमाडौं देखि जहाज नमुना लिन आउने भएकाले प्रतिष्ठानले तत्कालका लागि चार जनाको नमुना स्वाव पठाएको उनको भनाई छ ।

जुम्लामै कोरोनाको नमुना परीक्षण केन्द्र बनाउन पहल गरिरहेको प्रतिष्ठानका अस्पताल निर्देशक डा.मंगल रावलले बताए । ‘जुम्लामा भारतबाट आएकाहरुको संख्या धेरै छ । निकै कम मान्छे मात्र क्वारेन्टाइनमा बसेका छन् । धेरै जनाको कोरोना परीक्षण गर्नुपर्ने देखिन्छ । अहिले हामीसँग स्वाव संकलन गर्ने भिटिएम १० पिस मात्रै छ । ४ जनाको नमुना परीक्षणका लागि सोमबार स्वाव संकलन गरी नेपालगन्ज पठाएका छौँ । अब ६ वटा मात्रै नमुना संकलन गर्ने किट छ । जुम्लालाई नमुना परीक्षण अस्पताल बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

जुम्लाका सबै स्थानीय तहले क्वारेन्टाइन बनाएर भारतबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखिएको छ भने प्रतिष्ठानमा एक सय २० वेडको आइसोलेसन बेड तयार गरिएको छ । गएको शुक्रबार मात्रै प्रतिष्ठानका रजिष्ट्रार काफ्ले लगायतको टोलीले स्वास्थ्य मन्त्रालयको सहकार्यमा १० वटा ‘स्वाव’ संकलन किट ल्याएका थिए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ