२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं बाहिर दैनिक १ हजार कोभिड–१९ जाँच हुने

काठमाडौं बाहिर दैनिक १ हजार कोभिड–१९ जाँच हुने


काठमाडौं–उपत्यका बाहिर अब दैनिक एक हजार जनाको कोरोना (कोभिड–१९) जाँच हुने भएको छ । सरकारले तत्काल संचालन गर्न सक्ने अवस्थामा रहेका दीर्घकालीन ल्याव र स्तरोन्नती गर्नुपर्ने स्थानमा प्रोटेवल पिसिआर ल्याव बाट जाँच सुरु गर्न लागेको हो ।

हाल उपत्यका बाहिरका लागि धरानमा परिक्षण सुरु भइसकेको छ भने हेटौडामा रहेको किटजन्य रोग अनुसन्धान केन्द्रको ल्याव तत्काल संचालन गर्न सक्ने अवस्थामा रहेको मन्त्रालयले जनाएको छ । अन्य प्रदेशका लागि आइतबार चीनबाट आएका प्रोटेवल ल्याव पठाउने तयारी गरेको छ । चीनबाट ल्याएको पाँच वटै प्रोटेवल पिसिआर मेसिन सहि अवस्थामा रहेको र तत्कालै प्रदेशमा पठाउने तयारीमा रहेको कोभिड–१९ प्रयोगशाला व्यवस्थापन समितिका पुष्पराज खनालले जानकारी दिए ।

‘हामीले धरानबाट परिक्षण सुरु गरिसकेका छौं,’ उनले भने, ‘अब स्थायी ल्याब संचालन गर्न स्तरोन्नती गर्नुपर्ने ठाउँमा आइतबार ल्याइएका मेसिन पठाएर तत्कालै परिक्षण सुरु गर्छौ ।’ मेसिन गएसँगै अब उपत्यका बाहिरबाट दैनिक एक हजार जनासम्मको कोभिड–१९ को जाँच हुनसक्ने उनको भनाइ छ । खनालले उपत्यका बाहिर स्तरोन्नती गरी कोभिड–१९ परिक्षण गर्न सक्ने प्रयोगशालाको अध्ययनका लागि टोली गइसकेको जानकारी दिए । मंगलबारबाट पोखरामा प्रोटेवल मेसिनबाट कोभिड–१९ जाँच सुरु गरी सकिएको मन्त्रालयले जनाएको छ ।

सरकारले जाँचलाई तीव्रता दिन प्रदेश २ को जनकपुर, प्रदेश ५ को बुटवल, कर्लाली प्रदेशको सुर्खेत र सुदूरपश्चिमको धनगढीबाट तत्काल प्रोटेवल पिसिआरबाट जाँच सुरु गर्ने तयारी गरेको छ ।

प्रोटेवल पिसिआरबाट परिक्षण सुरुसँगै प्रदेश २ मा जनकपुर अस्पतालमा रहेको ल्यावलाई स्तरोन्नती गरी संचालनमा ल्याउन जनशक्ति पठाइसकिएको मन्त्रालयले जनाएको छ । त्यसैगरी, बागमती प्रदेशमा काठमाडौ बाहिर हेटौडामा रहेको किटजन्य रोग नियन्त्रण केन्द्रमा रहेको प्रयोगशालाई प्रयोगमा ल्याउन विज्ञको टिम आइतबार नै त्यता गइसकेको खनालले जानकारी दिए ।

गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको प्रयोशगाला, प्रदेश ५ मा प्रदेश अस्पताल बुटवल र भेरी अस्पताल नेपालगञ्जको ल्यावलाई स्तरोन्नती गरी संचालनमा ल्याउने मन्त्रालयको तयारी रहेको छ । त्यस्तै कर्णाली प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रादेशिक अस्पतालमा पनि ल्याव स्तरोन्नती गर्न टोली खटिइसकेको मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा. गुणराज लोहनीले जानकारी दिए ।

आइतबारबाट परिक्षण सुरु भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अहिले एक चरणमा १२ जनाको स्वाव पिसिआर गर्न सकिने प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्रा.डा. गुरु खनालले जानकारी दिए । उनले आवश्यकता परे एक पटकमा २४ जनासम्मको परिक्षण गर्न सकिने जानकारी दिए । ‘अहिले हामीले एक पटकमा १२ बटा जाच गर्न सक्छौं,’ उनले भने, ‘आवश्यक परे थप १२ को गर्न सक्ने गरी तयार हुँदैछौ ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ