कोभिड–१९ नियन्त्रणका लागि खरिद गरेका सामग्री कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण

वीरेन्द्रनगर–कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले चीनबाट खरिद गरेका सामग्री तथा उपकरण स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरेका छन । सोमबार रावतले कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावललाई उक्त सामग्री तथा उपकरण हस्तान्तरण गरेका हुन् ।
स्वास्थ्य मन्त्रालयलाई चीनबाट आएका सामग्रीहरुमध्ये गाउन, एन९५ मास्क, थर्मोमिटर, पञ्जा र सर्जिकल मास्क हस्तान्तण गरिएको छ ।
स्वास्थ्य राज्यमन्त्री रावतले सामग्री हस्तान्त्रण गर्दै चीनबाट ल्याइएका कोरोना परिक्षण गर्ने मेसिन एकहप्ताभित्र सुर्खेतमा ल्याउने बताएका छन् । कर्णालीका लागि आएको सामाग्री अन्त कही पनि नजाने रावतले प्रतिबद्धता ब्यक्त गरे ।
एक हप्तामा कोरोना जाँचका लागि आवश्यक ल्याव र दक्ष जनशक्ति आउने उनको भनाइ छ । रावतले यो विषम परिस्थितिमा सबैले सरकारले गरेको निर्णयको पालना गर्दै सुरक्षित भइदिन अनुरोध समेत गरे । कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि तीन तहका सरकारसँग समन्वय गरेर आवश्यक कदम चालेको उनको भनाइ थियो ।
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले कर्णालीमा ल्यावलगायत अन्य सामग्रीको अभावमा समस्या हल गर्नका लागि पहल गरिदिन राज्यमन्त्री रावतसँग आग्रह गरे ।
धेरै पढिएका
- १ आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण
- २ उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए
- ३ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’
- ४ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम
- ५ छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग
- ६ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी
- ७ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न
तपाईको प्रतिक्रिया दिनुहोस