काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोभिड-१९’ को सम्पूर्ण जानकारी जनसमुदायमाझ पुर्याउने उद्देश्यले ‘कोभिड डट एमओएचपी डट जिगोभी डट एनपी’ (covid19.mohp.gov.np) वेबसाइट र हाम्रो स्वास्थ्य मोबाइल ‘एप्स’ संचालनमा ल्याएको छ। स्वास्थ्य मन्त्री भानु भक्त ढकालले आइतबार उक्त सेवाको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै उनले विश्वव्यापी रुपमा फैलिएको कोभिड -१९को नियन्त्रण तथा रोकथामका लागि उपलब्ध सेवा तथा अवस्था र सम्पूर्ण जानकारी प्रवाह गर्नको लागि सो सेवा ल्याएको जनाए । यसको साथै उनले सरकारले कोरोना संक्रमण बढ्न नदिन उच्च सतर्कताका साथै काम गरिरहेकोले नआत्तिन र यस सेवाबाट लाभ उठाउन आग्रह गरेका छन् ।
सो सेवा मन्त्रालयले प्रोगेशिभ इन्जिनियरिङ एशोसियसन नेपाल, नक्सा, सोच नेपाल, कोड फर कोर इनोभेसन, आइटी म्याप्ससँग समन्वय गरेर वेब एम्लिकेशन तयार पारेको मन्त्री ढकालले जानकारी दिएका छन् ।
उक्त एप र वेवसाइटमार्फत हव अस्पताल, कोभिड-१९ लक्षित अस्पताल र क्वारेन्टाइनको लोकेशन र अवस्था देखि आइसोलेसन बेडहरूको जानकारी समेत पाइनेछ।