२०८१ मंसीर २, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुदूरपश्चिमका तीन ठाउँमा ‘कोभिड-१९’ परिक्षण ल्याब स्थापना गरिने

सुदूरपश्चिमका तीन ठाउँमा ‘कोभिड-१९’ परिक्षण ल्याब स्थापना गरिने


धनगढी-सुदूरपश्चिम प्रदेश सरकारले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का शंकास्पद बिरामीको नमुना परिक्षणका लागि सेती प्रादेशिक अस्पतालसहित तीन स्थानमा ल्याब स्थापना गर्ने भएको छ ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाका सम्भावित बिरामीको नमुना परिक्षणका लागि सेती प्रादेशिक अस्पताल, बैतडी र डोटीमा ल्याब स्थापना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले बताए ।

शाहले सेती अस्पतालसँग दुवै जिल्लामा ल्याब स्थापनाको कार्य अगाडि बढाउने निर्णय गरिएको जानकारी दिए ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ