२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचौथो कोभिड-१९ संक्रमितः काठमाडौंबाट बुद्ध एयरमा नेपालगञ्ज हुँदैं माइक्रोबाट धनगढी पुगेका थिएँ

चौथो कोभिड-१९ संक्रमितः काठमाडौंबाट बुद्ध एयरमा नेपालगञ्ज हुँदैं माइक्रोबाट धनगढी पुगेका थिएँ


काठमाडौं–मंगलबार सेती अस्पताल धनगढीमा भर्ना भएका कोभिड-१९ संक्रमित चौथो व्यक्ति दुबईबाट भारतको नयाँदिल्ली हुँदै काठमाडौं आएको खुलेको छ । काठमाडौंबा उनी बुद्ध एयरको विमान चढेर धनगढी पुगेका थिए ।

काठमाडौंबाट बुद्ध एयरको विमान चढेर धनगढी गएका उनी त्यहाँबाट माइक्रो चढेर घर गएका थिएँ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार साँझ पत्रकार सम्मेलन गरी धनगढीमा कोभिड-१९ चौथो संक्रमित पत्ता लागेको जानकारी दिएको थियो । संक्रमितको अवस्था सामान्य रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

सेती प्रादेशिक अस्पताल स्रोतले दिएको जानकारीअनुसार उनी अस्पतालमा मंगलबार भर्ना भएका थिएँ । कोभिड-१९ सँग मिल्ने लक्षण देखिएपछि उनको थ्रोड स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो । शुक्रबार उनमा कोभिड-१९ पोजेटिभ पुष्टी भएको हो ।

नेपालमा यसअघि तीन जनामा कोभिड १९ संक्रमण पुष्टी भइसकेको छ । पहिलो संक्रमण बुहानबाट आएका एक युवामा २४ जनवरीमा पुष्टी भएको थियो । त्यसपछि दोस्रो पुष्टी गत आइतबार फ्रान्सबाट दोहा ट्रान्जिट हुँदै आएकी एक युवतीमा देखीएको थियो भने । तेस्रो केस दुई दिनअघि युएईबाट आएका युवामा देखिएको थियो ।

संक्रमित चार मध्ये पहिलो केस देखिएका युवा उपचार भएर निको भइसकेका छन् भने वाँकी तीन जनाको अस्पतालमा उपचार भइरहेको मन्त्रालयका प्रबक्ता डा. देवकोटाले बताए । चौथो संक्रमित व्यक्ति दुबईबाट भारत र भारतबाट काठमाडौं  कहिले र कुन जहाजमा आएका हुन भन्ने खुल्न सकेको छैन् ।

अहिलेसम्म सबै संक्रमित विदेशबाट आएकाहरु भएको हुँदा उनीहरुले सम्पर्क गरेका व्यक्तिहरुको खोजपड्ताल भइरहेको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ