२०८१ मंसीर २, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रधानमन्त्री बिहीबार राति अस्पताल भर्ना

प्रधानमन्त्री बिहीबार राति अस्पताल भर्ना


काठमाडौं-रक्तचाप बढेपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । उनलाई बिहीवार राति मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा भर्ना गरिएको हो ।

अस्पताल स्रोतका अनुसार उच्च रक्तचाप र मुटुको धडकनमा गडबड देखिएपछि भर्ना गरिएको हो । अहिले प्रधानमन्त्रीको अवस्था सामान्य रहेको छ । उनलाई शुक्रबार नै डिस्चार्ज दिने तयारी भएको छ ।

प्रधानमन्त्री ओलीको २१ फागुनमा त्रिवि शिक्षण अस्पताल महाराजगंजमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ