लकडाउनको समयमा यात्रु ओसारपोसार गर्ने २ एम्बुलेन्स नियन्त्रणमा

विराटनगर – सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि गरेकाे लकडाउनको समयमा अत्यावश्यक सेवाका साधनको रुपमा बिरामी बोक्न प्रयोग हुने एम्बुलेन्सले यात्रुहरुलाई ओसारपसारमा गरेको पाइएको छ । बुधवार साँझ मोरङको लक्ष्मीमार्गस्थित यात्रुहरुलाई ओसारपसार गर्न प्रयोग गरिएको २वटा एम्बुलेन्सलाई सशस्त्र प्रहरी बेस क्याम्प लक्ष्मीमार्गको चेक पोष्टले नियन्त्रण गरेपछि यस्ताे खुलेकाे हाे।
पश्चिमबाट पूर्व आउँदै गरेको को १ च ४६५८ नम्बरको पदमचन्द्र मेमोरीयल हस्पिटल प्रा.लि. पथरी र को.१च ४६४७ नम्बरको सामुदायिक बचत तथा ऋण सहकारी संस्था इनरुवाको एम्बुलेन्सले यात्रु अस्पतालबाट डिस्चार्ज भएर आएको भनिए पनि बिरामीको कुनैपनि कागजात नभेटिए पछि शंका लागेर सशस्त्र प्रहरी बेस क्याम्प लक्ष्मीमार्गले प्रहरी चौकीमा बुझाएको थियो l
धेरै पढिएका
- १ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न
- २ नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
- ३ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद
- ४ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं
- ५ नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकसहित जनशक्ति माग
- ६ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ७ उपचारका लागि कोशी अस्पतालमा आउँछन् दैनिक १५ जनासम्म निःसन्तान दम्पत्ति
तपाईको प्रतिक्रिया दिनुहोस