२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड १९ः १ लाख १४ हजार बढी निको भए

कोभिड १९ः १ लाख १४ हजार बढी निको भए


काठमाडौं-कोभिड १९ को संक्रमण भएका १ सय ९५ देशका नागरिकमध्ये १ लाख १४ हजार ७ सय ७५ जना संक्रमणमुक्त भएका छन् । बिहिवार दिउँसोसम्म ४ लाख ७२ हजार ९ सय ७ जना यो भाइरसबाट संक्रमित भएकोमा ती मध्ये १ लाख १४ हजार बढी संक्रमणमुक्त भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

अहिलेसम्म सबैभन्दा बढी चीनमा यो भाइरसबाट संक्रमितहरु निको भएर घर फर्किएका छन् । चीनमा ८१ हजार २ सय ८५ जनामा संक्रमण देखिएकोमा ७४ हजार ५१ जना उपचारपछि घर फर्किएका छन् । त्यसैगरी २७ हजार १७ जनामा संक्रमण देखिएको इरानमा ९ हजार ६ सय २५ जना संक्रमणमुक्त भएका छन् ।

संक्रमणमुक्त भएर घर फर्कने टप ७ देश

चीन ७४०५१
इरान ९६२५
इटाली ९३६२
स्पेन ५३६७
दक्षिण कोरिया ४१४४
फ्रान्स ३९००
जर्मनी ३५४७


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ