२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारऔषधि पसल नियमित सञ्चालन गर्न औषधि व्यवसायी संघको आग्रह

औषधि पसल नियमित सञ्चालन गर्न औषधि व्यवसायी संघको आग्रह


काठमाडौं-नेपाल औषधि व्यवसायी संघले अत्यावश्यक सेवाका रुपमा रहेको औषधि पसललाई नियमित रुपमा सञ्चालन गर्न आग्रह गरेको छ ।

संघका केन्द्रीय अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले एक अपिल जारी गर्दै विषम परिस्थितीमा आफ्नो स्वास्थ्य सुरक्षाका लागि अपरिहार्य सुरक्षा विधी अपनाएर औषधि पसल नियमित सञ्चालन गर्न आग्रह गरेका हुन् ।

उनले व्यवसायीहरुलाई औषधिको आपूर्ति र वितरणमा कुनै प्रकारका समस्या आएमा त्यसको समाधानका लागि संघ तयार रहेको जानकारी समेत गराएका छन् ।

संघले भूकम्प, नाकाबन्दी, महामारीजस्ता कठिन परिस्थितीमा पनि औषधिको अभाव हुन नदिएका व्यवसायीले कोरोना भाइरसको महामारीमा पुनः अर्को परीक्षा दिनुपरेको उल्लेख गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ