२०८१ पुस ११, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारटेकुमा उपचाररत शंकास्पद एक बिरामीमा कोरोना ‘पोजेटिभ’

टेकुमा उपचाररत शंकास्पद एक बिरामीमा कोरोना ‘पोजेटिभ’


काठमाडौं—टेकुस्थित शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत एक १९ वर्षीया शंकास्पद विरामीमा कोरोना पोजेटिभ देखिएको छ । टेकुमा उपचाररत ती १९ वर्षीया नेपाली किशोरी फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी हुन् ।

४ चैतमा काठमाडौं आइपुगेकी उनलाई शंकास्पद कोरोना लक्षण देखिएपछि क्वारेन्टाइनमा राखिएको थियो । क्ववारेन्टाइनमा राखेर उनको स्वाब परीक्षण गर्दा आइतबार उनमा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बताए ।

अहिले उनको टेकु अस्पतालको आइसोलेसनमा उपचार भैरहेको मन्त्री ढकालले बताए । सोमबार मन्त्रालयमा आकस्मिक पत्रकार सम्मेलन गरेर  मन्त्री ढकालले  थप एक जनामा कोरोनामा ‘पोजेटिभ’ देखिएको जानकारी गराएका हुन् ।

मन्त्री ढकालले किशोरीसँगको सम्पर्कमा आएका व्यक्तिलाई पनि क्ववारेन्टाइनमा राखिएको र विमानमा सँगै आएकालाई ट्रयाक गरेर क्वारेन्टाइनमा राखिने समेत बताए ।

नेपालमा कोरोना संक्रमण पुष्टि भएको यो दोश्रो केस हो। यसअघि पनि गत माघ १० चीनको वुहानबाट फकिर्एका एक नेपालीमा संक्रमण पुष्टि भएकोथियो। उनी उपचार पछि पुन: स्वस्थ भएर सामान्य जीवन विताईरहेका छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ