२०८१ मंसीर १, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्ला विमानस्थलमा हेल्थ डेक्स स्थापना

जुम्ला विमानस्थलमा हेल्थ डेक्स स्थापना


मानदत्त रावल

जुम्ला—जुम्लामा विमानस्थलमा हेल्थ डेक्स स्थापना गरिएको छ । चन्दननाथ नाथ नगरपालिका स्वास्थ्य शाखा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला र जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको समन्वयमा आइतबार हेल्थ डेक्स स्थापना गरिएको हो ।

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्कीले जुम्ला विमानस्थलमा हेल्थ डेक्स स्थापना भएको जानकारी दिए । उनले जिल्ला बाहिरबाट आउने सबै यात्रु अनिवार्य आफ्नो स्वास्थ्य परीक्षण गर्न आग्रह गरे । उनकाअनुसार जुम्ला र कालिकोट जिल्लाको सीमानामा पर्ने नाग्मघाटमा पनि हेल्थ डेक्स स्थापना गर्ने तयारी भइरहेको छ ।

कोरोना परिवार, नातेदार, छिमेकी साथीभाई, समुदाय, देशमा फैलिन जोगाउने उद्देश्का साथ विमान स्थलमा हेल्प डेक्स स्थापना गरिएको चन्दननाथ नगरपालिका मेयर कान्तिका सेजुवालले बताइन् ।

प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेकाअनुसार कोरोना भाइरसबाट जोगिन जिल्लामा उच्च सर्तकता अपनाइएको छ । ‘सबैको समन्वय र सहकार्यबाट आम नागरिकलाई विपद्बाट जोगाउन सकिन्छ । जिल्लामा दैनिक उपभोग्य सामानको पनि अभाव हुँदैन्,’ उनले भनिन्, ‘यसमा सर्वसाधारण अत्तिनुपर्ने अवस्थामा छैन ।’ प्रमुख जिल्ला अधिकारी बन्जाडेले आम नागरिकले पनि दैनिक उपभोग्य सामान एकै पटक लिएर घरमा नथन्काउन आग्रह गरिन् ।

खाद्य व्यवस्था कार्यालय र साल्ट ट्रेनिङ कर्पोरेशनको कार्यालयलाई मिलाएर खाद्यन्न वितरण गर्न निर्देशन दिएकोको उनले जानकारी दिइन्


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ