२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआकस्मिकबाहेक अन्य शल्यक्रिया २ हप्ता रोक्न अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन

आकस्मिकबाहेक अन्य शल्यक्रिया २ हप्ता रोक्न अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन


काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा जोखिम कम गर्नका लागि आजै (शनिवार)बाट देशभरका अस्पतालमा संचालन भइरहेको विस्तारित स्वास्थ्य सेवा कार्यक्रम रोक्न निर्देशन दिएको छ ।

अस्पतालमा हुने भिडभाडलाई कम गर्न मन्त्रालयले त्यस्तो निर्देशन दिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

विस्तारित सेवासँगै मन्त्रालयले शनिबार सबै स्वास्थ्य संस्थालाई परिपत्र गर्दै तत्काल उपचार गर्नुपर्ने बाहेकका अन्य बिरामीलाई फलोअपको लागि २ हप्ता अस्पतालमा नबोलाउन समेत निर्देशन दिएको छ ।

साथै नियमित जाँच तथा आकस्मिक शल्यक्रिया नगर्दा हुने विरामीको २ हप्ता शल्यक्रिया रोक्न समेत निर्देशन दिएको छ । अस्पताललाई अनिवार्य रुपमा ज्वरो क्लिनिक संचालन गर्न समेत भनेको छ ।

मन्त्रालयले  शुक्रबार मन्त्रालय मातहतका विभाग, महाशाखा, केन्द्र, केन्द्रीय अस्पतालमा काम गर्ने कर्मचारीलाई विदाको दिन पनि कार्यालयमा आउन निर्देशन दिएको थियो ।

कोभिड—१९ को विश्वव्यापी महामारी संक्रमणका कारण सरकारले कर्मचारीलाई विदाको दिन पनि कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो । मन्त्रालयले शुक्रबार गरेको निर्णयमा सह—सचिवस्तरका कर्मचारी र विभागीय प्रमुखलाई बिदा नबस्न र त्यहाँभन्दा तल्लो तहका कर्मचारीलाई काठमाडौं उपत्यका नछोड्न निर्देशन दिएको थियो ।

याे पनि २० हजार कोभिड-१९ को ‘स्याम्पल टेस्ट’ गर्ने सरकारको तयारी


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ