गृहपृष्ठ ∕ प्रदेश १ ∕ सीमा नाकाको हेल्थ डेक्समा मन्त्री सीमा नाकाको हेल्थ डेक्समा मन्त्री हेल्थ आवाज शनिबार, २०७६ चैत्र ८ गते, १३:३८ मा प्रकाशित विराटनगर– विश्वभरी महामारीका रूपमा फैलिएको कोरोना भाइस (कोभिड-१९) को संक्रमण रोक्न नेपाल र भारतको सीमा नाकामा राखिएको हेल्थ डेक्समा प्रदेशका १ का मन्त्रीहरूले स्थलगत निरीक्षण गरेका छन् । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की र सामाजिक विकास मन्त्री जीवन घिमिरेसहित सुरक्षा नियाका प्रमुखहरूले सीमा नाकामा राखिएको हेल्थ डेक्समा शुक्रबार स्थलगत निरीक्षण गरेका हुन् । विराटनगर भन्सार कार्यालय अगाडि राखिएको हेल्थ डेक्सबाट भइरहेको स्वास्थ्य परीक्षणको अवस्था बुझेका थिए । मन्त्री कार्कीले सीमा नाकामा राखिएको हेल्थ डेक्सलाई थप व्यवस्थित गरी अगाडि बढन प्रदेश सरकार तयार रहेको बताए । ‘सीमा नाकाहरूबाट अहिले आवतजावत भइरहेको छ । कोरोना भाइस फैलिन नदिन हामीले सावधानी अपनाएर सीमा नाकामा प्रराम्भिक हेल्थ डेक्स राखिएको हो,’ मन्त्री कार्कीले भने, ‘यसलाई थप व्यवस्थित गरिने काम पनि भइरहेको छ ।’ विराटनगरको सीमा नाकामा राखिएको हेल्थ डेक्सबाट दैनिक १ हजार ६ सयदेखि २ हजारसम्मको स्वास्थ्य परीक्षण हुँदै आएको बताइएको छ । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ‘नेसनको राष्ट्रिय सम्मेलन पूर्वमा हुनु गौरव हो, सरकारलाई नीतिगत सुझाव… न्यूरो सर्जन समाजको ११ औं राष्ट्रिय भेला इटहरीमा, देशभरका न्यूरो… बिक्रीमा रोक लगाइएको ‘बेस्टोसेफ सिभी’ एन्टिबायोटिक लाइफगार्डमा खुलेआम बिक्री अलपत्र शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नती गर्ने स्वास्थ्य मन्त्री… जेइ बिरामीको अस्पतालको शैय्याबाट याचना : ‘ऋण खोजेर ल्याएको पैसा… जनस्वास्थ्यकर्मी महासंघद्वारा मेसु डा. राई कुटिएको घटनाको विरोध धेरै पढिएका १ स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ योग के हो ? यसका प्रकार र फाइदा ४ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ५ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन ६ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? ७ रोकिएको प्रतिष्ठानको दीक्षान्त समारोह कार्तिक २८ मा हुँदैं Kalpana Craft ट्रेण्डिङ सेलिब्रेटी रोजाइका एस्थेटिसियन डा. अनिल, २ करोड लगानीमा खोले ‘डर्म डाइनामिक्स’ योग के हो ? यसका प्रकार र फाइदा न्यूरो सर्जन समाजको ११ औं राष्ट्रिय भेला इटहरीमा, देशभरका न्यूरो सर्जनको जमघट सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् भिडियो रिपोर्ट : मधुमेह कस्तो रोग हो ? कसरी बच्न सकिन्छ ? ३० करोड लागतमा निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल संचालनमा सेलिब्रेटी रोजाइका एस्थेटिसियन डा. अनिल, २ करोड लगानीमा खोले ‘डर्म डाइनामिक्स’ योग के हो ? यसका प्रकार र फाइदा न्यूरो सर्जन समाजको ११ औं राष्ट्रिय भेला इटहरीमा, देशभरका न्यूरो सर्जनको जमघट सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् भिडियो रिपोर्ट : मधुमेह कस्तो रोग हो ? कसरी बच्न सकिन्छ ? ३० करोड लागतमा निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल संचालनमा