काठमाडौं—नेपाल सरकारले एक हप्ताअघि दक्षिण एसियाली देशहरुले कोरोना भाइरस (कोभिड—१९) सँग जुध्नका लागि तयार गरेको कोरोना नियन्त्रण सार्क आकस्मिक कोषमा १० करोड सहयोग गर्ने भएको छ ।
देशवासीका नाममा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो जानकारी दिएका हुन् । उनले विश्वमा नै महामारीको रुपमा रहेको कोरोना नेपालमा नदेखिएतापनि सावधानीका लागि सरकार लागिरहेको जानकारी दिए ।
उनले कोरोना रोकथाम र कसैमा देखिएमा उपचारका लागि कुनै कसर बाँकी नराख्ने समेत बताए । सरकारले औषधी र अस्पतालको व्यवस्था गरेको बताउँदैं उनले सबै स्वास्थ्य संस्थाहरुलाई चुस्त—दुरुस्त हुन निर्देशन दिएको समेत दावी गरे ।
जनमानसमा कोरोनाका विषयमा त्रास नभई धैर्य गरेर जित्न पनि आग्रह गरे । ‘हल्ला र अफवाहपछि नलापग्नुहोस्,’ उनले भने, ‘शंका लागेमा विज्ञसँग सल्लाह लिनुहोस् ।’
सरफाईमा ध्यान दिन र पटक—पटक हात धुन समेत प्रधानमन्त्रीले सुझाएका थिए ।