काठमाडौं—खरिद गर्दा तत्काल अत्यावश्यक उपकरण नआउने देखेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मित्र राष्ट्र चीनसँग उपकरणसहितका १५ सामाग्री माग गरेको छ । केही दिनअघि चीन सरकारले नेपाललाई आवश्यक सामाग्री सहयोग गर्न तयार रहेको बताएको थियो ।
त्यस लगत्तै स्वास्थ्य मन्त्रालयले अत्यावश्यक उपकरण र सामाग्रीको सूची बनाएर परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई पठाएको छ । तर, सूची स्वीकृत भएको जानकारी भने आइसकेको छैन ।
स्वास्थ्य मन्त्रालयले २० हजार थान पर्सनल प्रोटेक्टीभ इक्वीपमेण्ट, २० हजार थान एन ९५ मास्क, १०० थान पोर्टेबल भेन्टिलेटरलगायतका विभिन्न १५ अत्यावश्यक सामाग्री माग गरेको हो । जसमा मेडिकल सुविधासहितको मोबाइल एम्बुलेन्ससहित रिएजेन्ट फर कोरोना भाइरस आइडेन्टिफिकेसनसम्मका सामाग्री रहेका छन् ।
यी हुन् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनसँग मागेका १५ अत्यावश्यक उपकरण
पर्सनल प्रोटेक्टिभ इक्वीपमेण्ट– २०,००० थान
एन ९५ मास्क – २०,००० थान
पोर्टेबल भेन्टिलेटर – १०० थान
मोनिटर– २,००० थान
एबिजी मेसिन– २० थान
भाइरल डिटेक्टिङ पिसिआर मेसिन– २० थान
अक्सिजन प्लान्ट– ५ थान
रिएजेन्ट फर कोरोना भाइरस आइडेन्टिफिकेसन– १०,००० थान
इन्ट्युवेटिङ सेट– २,००० थान
इन्फेक्सस डिजिज मोबाइल एम्बुलेन्स– ७ थान
सिआरआरटी मेसिन– २० थान
पिसिआर किट्स– २,००० थान
थर्मल थर्मो्मिटर– १,००० थान
थर्मो स्क्यानर– १० थान
मेडिकल सुविधासहितको मोबाइल एम्बुलेन्स– ५ थान