२०८१ पुस १०, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना (कोभिड—१९) प्रभाव : नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा रोकियो

कोरोना (कोभिड—१९) प्रभाव : नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा रोकियो


काठमाडौं—कोरोना (कोभिड—१९) संसारभर महामारीकै रुपमा फैलिन थालेपछि नेपाल मेडिकल काउन्सिलले नियमित लिदैं एमबीबीएस र बिडीएसको लाइसेसन्स परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ । मंगलबार बसेको काउन्सिलको पूर्ण बैठकले स्थितीको गम्भीरतालाई मध्यनजर गर्दै परीक्षा स्थगित गरेको हो ।

परिक्षा स्थगित गर्नु अघिल्लो दिन काउन्सिलले सरुवा रोग र जनस्वास्थ्य विज्ञहरुसँग छलफल गरेको थियो। छलफलमा अधिकांश विज्ञले महामारी भएको बेला परिक्षा रोक्नु नै उपयूक्त विकल्प भएको सुझाव दिएका थिए। सो छलफलमा पूर्व स्वास्थ्य सचिव डा. सेनेन्द्र राज उप्रेती, डा. यश वर्दन प्रधान, डा. अनुप सुवेदी, डा. पदमबहादुर पन्तलगायतका विज्ञहरुको उपस्तिथि थियो।

काउन्सिलका अध्यक्ष प्रा.डा. भगवान कोइरालाले परीक्षा स्थगित भएको जानकारी दिए । उनले भने, ‘कोरोनाका कारण परीक्षा स्थगित गरेका हौं । एक हजार जनालाई एकै ठाउँमा राखेर परीक्षा लिनु जनस्वास्थ्यका हिसाबले उपयुक्त देखिएन । ‘

परीक्षामा सहभागी हुन १ हजार ६७ जनाको आवेदन दिएका थिए । डा. कोइरालाले आफूहरुले कोरोनाको प्रकोपलाई नजिकबाट नियाल्ने र वैकल्पिक उपायका बारेमा पनि सोच्ने बताए । ‘हामी यसलाई क्लोज रुपमा हेछौ र एक ठाउँमा जम्मा नगरीकनै परीक्षा लिने सकिने वैकल्पिक उपायका बारेमा पनि सोच्छौं,’ उनले भने ।

काउन्सिलले हरेक चार महिनामा लाइसेन्स परीक्षा लिदैं आएको थियो । तर, कोरोना जोखिम उच्च भएका कारण परीक्षा स्थगित गरिएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ