२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड-१९ नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीलाई २५ देखि ७५ प्रतिशत जोखिम भत्ता

कोभिड-१९ नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीलाई २५ देखि ७५ प्रतिशत जोखिम भत्ता


काठमाडौं–कोभिड-१९ नियन्त्रणको खट्ने कर्मचारीलाई २५ देखि ७५ प्रतिशतसम्म जोखिम भत्ता थप गर्ने भएको छ । सोमबार बसेको कोभिड-१९ नियन्त्रणका लागि बनेको उच्चस्तरीय समितिले सो निर्णय गरेको छ ।

सोमबार गरेको निर्णयअनुसार प्रत्यक्ष रुपमा खटिने प्रयोगशाला, स्वास्थ्य परिक्षण र उपचारमा प्रत्यक्ष खटिने चिकित्सक, स्वास्थ्यकर्मी तथा नर्सिङ्ग कर्मचारीलाई ७५ प्रतिशत, उनीहरुको सहयोगी खटिनेलाई ५० र प्रत्यक्ष र सहयोगीलाई सहयोग गर्न खटिने जनशक्तिलाई सुरुको तलबको २५ प्रतिशत थप भत्ता दिने निर्णय गरेको हो ।

त्यसैगरी कोभिड नियन्त्रणसँग सम्बन्धित कार्यमा खटिने अन्य निजामती, सुरक्षाकर्मी र नागरिक उड्ययनका कर्मचारीलाई पनि ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने उल्लेख छ ।

सोमबार बसेको उच्चस्तरीय समितिको बैठकले उपत्यकाका ६ वटा ठूला अस्पतालमा २०/२० वेडको आईसीयु तयार गर्ने समेत निर्णय गरेको छ । त्यसैगरी, प्रदेशका विभिन्न अस्पतालमा १ सय १५ बटा आईसीयु वेडको व्यवस्था गर्ने समेत निर्णय गरेको छ ।

उद्योग तथा आपूर्ति मन्त्रालले कोभिड परिक्षण र उपचारका लागि स्वास्थ्यकर्मीका लागि आवश्यक पिपीईलगायतका अन्य सामाग्री व्यवस्थापन गर्न सहजीकरण गर्ने समेत निर्णय गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ