२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोभिडको महामारीका बेला प्रदेश नम्बर १ का जिल्ला जनस्वास्थ्य कार्यालय खारेज

कोभिडको महामारीका बेला प्रदेश नम्बर १ का जिल्ला जनस्वास्थ्य कार्यालय खारेज


काठमाडौं – विश्वभर ‘कोभिड १९’ को महामारी फैलिरहेको समयमा प्रदेश १ ले भने भइरहेका स्वास्थ्य संरचनालाई फेरबदल गरेको छ । प्रदेश १ ले प्रदेश अन्तर्गत जिल्ला जनस्वास्थ्य/स्वास्थ्य कार्यालय खारेज गरी नया संरचनामा बनाउने निर्णय गरेको छ । गत विहिबार बसेको प्रदेश मन्त्रीपरिषद बैठकले जिल्ला स्वास्थ्य तथा जनस्वास्थ्य कार्यालय खारेज गरी शिक्षा, स्वास्थ्य र महिला तथा बालबालिकाका क्षेत्र समन्वय गर्ने गरी सामाजिक विकास कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।

प्रदेश नं. १ का सामाजिक विकास मन्त्रालयका सचिव वीर बहादुर राईले जिल्लास्तरमा रहेका सेवा प्रदायक संस्थाहरुलाई समन्वय गर्न छाता संरचना बनाउने प्रस्ताव गरिएको बताए । उनले सामाजिक मन्त्रालय अन्तर्गत रहेका शिक्षा, स्वास्थ्य र बालबालिका मन्त्रालयलाई एकीकृत गरेर सामाजिक विकास कार्यालयको प्रस्ताव लगिएको जानकारी दिए ।

मन्त्री परिषदबाट पास भएको सो संरचनाको नयाँ ओएनएमको लागि समेत निर्देशन दिइएको स्रोतको जानकारी छ। शिक्षा अन्तर्गतका कर्मचारीको चलखेलका कारण त्यस्तो निर्णय भएको सामाजिक विकास मन्त्रालयका एक अधिकारीले जानकारी दिए । ‘अधिकांश जिल्लामा शिक्षातर्फका अधिकारीहरु सिनियर रहेका कारण ठूलो संरचनाको हाकिम
हुन यस्तो निर्णय भएको हो ।’ स्रोतले भन्यो ‘नत्र यो समयमा यस्तो निर्णय गर्नुको कुनै औचित्य छैन ।’

विश्वव्यापी रुपमा कोभिड १९ को महामारीको सामना गर्नुपर्ने वेलामा भइरहेका संरचना नै भङ्ग गर्दा झनै समस्या आउने पुर्व सचिव डा. सेनेन्द्रराज उप्रेती बताउछन् । ‘कुन उद्देश्यका साथ अहिले संरचना टुटाउन खोजिदैछ, त्यो त थाहा भएन ।’ उनले भने ‘तर विश्वमा यति ठूलो स्वास्थ्य संकट आएको बेला भइरहेको संरचना विगार्दा यसले ठूलो समस्या निम्त्याउँछ ।’

देश संघिय संरचनातर्फ लाग्दा जिल्ला स्वास्थ्य जनस्वास्थ्य कार्यालयलाई हटाएर ३५ वटा प्रदेश स्वास्थ्य कार्यालय स्थापना गर्ने निर्णय भएको थियो । भइरहेको संरचना हटाउँदा स्वास्थ्य क्षेत्रमा भएका उपलब्धी गुम्ने भन्दै २१ मंसिरको संघिय मन्त्री परिषदले ७७ वटै जिल्लामा कार्यालय रहने निर्णय गरेको थियो । संघिय सरकारको सो निर्णयलाइ उल्टाउदै प्रदेश १ सरकारले पुन स्वास्थ्य कार्यालय खारेज गर्ने निर्णय गरेको हो ।

‘कोभिड’को महामारी भईरहेको बेलामा प्रदेश १ मा डेंगु समेत देखिन सुरु भएको छ। यसै हप्ता विराटनगरमा ३ वटा डेंगुका केस देखिएका छन्। यस्तो अवस्थामा आफ्नै संरचना चलिरहेको संस्थालाई अन्यसँग दाज्दा स्वास्थ्यकर्मीको मनोबल कम हुँदै जाने देखिन्छ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ