२०८१ मंसीर १, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारत्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान र मुग्लिङ हाइवे हस्पिटलबीच सम्झौता

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान र मुग्लिङ हाइवे हस्पिटलबीच सम्झौता


काठमाडौं—गैर मुनाफामुखी च्यारिटी हस्पिटलको रुपमा संचालित मुग्लिङ हाइवे हस्पिटलले आफ्नो सेवा तथा सुबिधा विस्तारको लागि त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानसँग सम्झौता गरेको छ । त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रा. डा. जगदिशप्रसाद अग्रवाल र मुग्लिङ हाइवे हस्पिटलका अध्यक्ष रामबहादुर लामाबीच आइतबार काठमाडौंमा सम्झौतामा हस्ताक्षर भएको थियो ।

सम्झौताअनुसार त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान मातहतको शिक्षण अस्पताल र मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका विशेषज्ञ चिकित्सकहरुद्वारा मुग्लिङ हाइवे हस्पिटलमा सूचना प्रविधिको माध्यमद्धारा नियमित सेवा तथा सुविधा प्रदान गरिनेछ । नियमित घुम्ती विशेषज्ञ स्वास्थ्य शिविर, एकेडेमिक र नन एकेडेमिक तालिम, टेलिमेडिसिन प्लेटफर्मको अनुसन्धान तथा विकास, मुग्लिङ हाइवे हस्पिटलबाट शिक्षण अस्पतालमा उपचाररत बिरामीहरुको नियमित फ्लोअप र रुटिन चेकअपको सुविधा उपलब्ध गराउनुका साथै बिरामी भर्नाको समेत सुविधा संचालन गर्ने गरी सम्झौता भएको हो ।

२ वर्षीय समयावधिको रहने उक्त सम्झौताको दोस्रो चरणमा शिक्षण अस्पतालकोको एक्सटेन्सन हस्पिटलको रुपमा मुग्लिङ हाइवे हस्पिटललाई विकसित गरिने योजना रहेको छ । समझदारी पत्र हस्ताक्षर समारोहमा त्रिवि, चिकित्साशास्त्र अध्यन संस्थानका सहायक डिन प्रा. डा. राजेन्द्र गुरागाई, शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खडगा, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठ, त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थान सूचना प्रविधि विभागका निर्देशक प्रा. डा. प्रदिप वैद्य, शिक्षण अस्पतालका मेडिसिन विभागका प्रमुख प्रा.डा. प्रदिप श्रेष्ठको उपस्थिति रहेको थियो ।

यस्तै, मुग्लिङ हाइवे हस्पिटलबाट संचालकहरु कुमार श्रेष्ठ, मुक्तिकुमार श्रेष्ठ, मणिरत्न शाक्य, विष्णु कुँवर, कल्याण गुभाजू, विनोद श्रेष्ठ, राजेन्द्र लामा, सुदिप लामिछाने, सल्लाहकार कृष्णराज अर्यालको उपस्थिति थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ