२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड—१९ विरुद्ध लड्न दक्षिण एसियाली देशहरु एक भएको सन्देश

कोभिड—१९ विरुद्ध लड्न दक्षिण एसियाली देशहरु एक भएको सन्देश


काठमाडौं–विश्वमा महामारीका रुपमा फैलिरहेको कोभिड—१९ सँग लड्न दक्षिण एसियाली देशहरु एक भएको सन्देश दिएका छन् । आइतबार दक्षिण एसियाली देशहरुको संगठन (सार्क)का प्रधानमन्त्रीहरुले भिडियो कन्फ्रेन्स गर्दै महामारी विरुद्ध एकजुट भएर लड्ने उद्घोष गरेका हुन् ।

७ देशका सरकार प्रमुख सहभागी भिडियो कन्फ्रेन्समा सबै प्रधानमन्त्रीहरुले आफ्नो देशमा भइरहेको तयारीको जानकारी गराएका थिए । पाकिस्तानबाट भने स्वास्थ्य राज्यमन्त्रीले बैठकमा भाग लिएका थिए ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्म १ केस मात्र प्रमाणित भएको र आगामी दिनमा यस विरुद्ध लड्न जनशक्ति र अस्पतालहरु तयारीमा राखेको जानकारी गराएका थिए । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले १९ वटा केस कन्फर्म भएको र कोरोना विरुद्ध लड्न सबै शक्ति लागेको बताएकी थिइन् । श्रीलंकाका रास्ट्रपति गोटावाया राजपाक्षेले विद्यालय, विश्वविद्यालय बन्द गर्नेसम्मका कार्य गरेको बताए । मालदिभ्सका राष्ट्रपति इव्राहिम मोहमद शोलीले कठिन अवस्थामा पनि आफूहरुले काम गरिरहेको र अहिलेसम्म यो भाइरसबाट कसैको मृत्यु नभएको बताएका थिए ।

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले सार्कले कोरोनासँग भिड्न एउटा ठोस योजना बनाएर जानुपर्ने धारणा राखेका थिए । भुटानका प्रधानमन्त्री डा. लोटे छिरिङले अहिलेसम्म एउटा विदेशीमा यो भाइरस संक्रमण देखिएको बताए । उनले यो भाइरस विरुद्ध लड्न केन्द्रिय सरकार र स्थानीय सरकारसँगै काम गरिरहेको बताए । उनले पर्यटकीय क्षेत्रमा चिकित्सक र स्वास्थ्यकर्मीहरु पठाएर खोजपड्तालको काम गरिरहेको पनि उल्लेख गरे ।

पाकिस्तानका स्वास्थ्य राज्यमन्त्री डा. जाफिर मिर्जाले कोरोना नियन्त्रणका लागि राष्ट्रपतिको नेतृत्वमा नै काम भइरहेको बताए । उनले नियन्त्रणका सबै विकल्पहरुमा काम गरिरहेको तताए । सार्कका अधिकांश नेताहरुले अन्तर्राष्ट्रिय विमानस्थल र सीमाहरु तत्कालका लागि बन्द गरेको बताएका थिए ।

भारतले सार्क देशहरूले कोभिडसँग लड्न इमर्जेन्सी कोष समेत बनाउन प्रस्ताव गरेका छन् । जसमा भारतले १ करोड अमेरिकी डलर तत्काल जम्मा गर्ने घोषणा गरेको छ । उक्त कोषको नाम कोभिड-१९ इमर्जेन्सी फण्ड भनिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ