२०८१ पुस ९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटस्टार हस्पिटल १४ औं वर्षमा, यस्ता छन् वार्षिकोत्सव विशेष छुट योजना

स्टार हस्पिटल १४ औं वर्षमा, यस्ता छन् वार्षिकोत्सव विशेष छुट योजना


काठमाडौं—ललितपुरको सानेपास्थित स्टार हस्पिटल १४ औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा आयोजित कार्यक्रममा शुभकामना मन्तव्य दिदै अस्पतालका प्रवन्ध निर्देशक डा. शैल रुपाखेतीले वार्षिकोत्सवका अवसरमा अस्पतालले छुटमा प्रदान गर्न गैरहेको सेवाहरुको बारेमा प्रकाश पारेका थिए ।

अस्पतालले यहि चैत्र २ गते देखि चैत्र ७ गतेसम्म सम्पूर्ण ओ.पी.डी सेवा, ओ.पी.डी.बाट हुने परिक्षणहरु, भर्ना शुल्क, अपरेशन शुल्कलगायत हस्पिटलमा उपलब्ध सम्पूर्ण सेवाहरुमा ५० प्रतिशत छुट तथा औषधीमा १० प्रतिशत छुट प्रदान गर्ने निर्णाय गरेको छ ।त्यसैगरि संस्थामा कार्यरत कर्मचारी तथा चिकित्सकहरुलाई सम्मान गरी सप्ताहव्यापी कार्यक्रम समापन गर्ने घोषणा गरेको छ ।

कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष किशोरकुमार मर्हजनले बिरामीहरुलाई अत्याधुनिक सेवा र सुविधा प्रदान गर्न स्टार हस्पिटल सफल हुनुमा अस्पतालका चिकित्सक एवं कर्मचारीहरुको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । उनले अस्पतालले आई.भि.एफ सेवा तथा एड्भान्सड जी.आई. एण्ड ल्याप्रोस्कोपिक सेन्टर संचालन गर्न गैरहेको र निकट भविष्यमा नै स्टार अस्पताल सुपरस्पिेसियालीटी अस्पतालमा परिणत भई पूर्ण रुपमा आफ्नो उडान भर्ने बताए ।

केही महिना अघि थप लगानी सहित नयाँ सेयर सदस्य थपिएपछि अस्पतालले अधिकांश विधामा फुलटाइम चिकित्सकसहित सेवाको दायरा बढाउदैं लगेको छ । १०० शैय्याको क्षमता रहेको अस्पतालको विभिन्न स्वास्थ्य शिक्षा पढाइ हुने कलेजसमेत संचालनमा रहेका छन् । अस्पतालले हाल १८ पूर्णकालीन चिकित्सक सहित ४०० हाराहारीका स्वास्थ्यकर्मीको टोलीबाट उच्च स्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ।

साताव्यापी वार्षिकोत्सव कार्यक्रम उद्घाटन संस्थाका अध्यक्ष किशोरकुमार महर्जन, प्रबन्ध निर्देशक डा. शैल रुपाखेती, संचालक समितिका सदस्यहरु नवराज पोखरेल, अरुणलाल श्रेष्ठ तथा सानेपा वडा नं. २ का वडाध्यक्ष राजेश महर्जनले सामूहिक रुपमा गरेका थिए ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ