दुई बिरामीमा कोरोना संक्रमणको आशंका, कोशीबाट धरानमा रेफर गरियो

विराटनगर—विराटनगरस्थित कोशी अस्पतालमा उपचाररत दुई जना बिरामीमा कोरोना भाइरस संक्रमणको आशंका गर्दै धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा रेफर गरिएको छ ।
दुई दिन अगाडि मात्र विदेशबाट आएका दुई व्यक्तिलाई कोरोनाको आशंका गर्दै कोशीले विपीको आइसोलेसन वार्डमा रेफर गरेको हो ।
कोशी अस्पतालकी मेसु डा. संगीता मिश्रका अनुसार कोरोनाको लक्षण देखिएकोले उनीहरूलाई धरान रेफर गरिएको जानकारी दिइन् । बिरामीको पहिचान गोप्य राखिएको छ ।
उनीहरूको नमुना परिक्षण काठमाडौं पठाएर उताबाट रिपोर्ट आएपछि मात्र थप प्रस्ट हुने मेसु डा. मिश्रले बताइन् । ‘विदेशबाट आउनुभएको रहेछ । ज्वरो, रुघाखोकीको पनि लक्ष्यण देखिएको थियो,’ उनले भनिन्, ‘शंका गेर आइसोलेसन वार्डमा रेफर गरेका हौं । कोरोना नै हो भन्ने पुष्टि भएको छैन ।’ उनले शंका लाग्दा यसरी ज्वरो आएका बिरामीलाई रेफर गरिनु सामान्य भएको भन्दै सर्वसाधारणले आतंकित हुनुपर्ने अवस्था भने नरहेको दाबी गरेका छन् ।
अस्पतालले खासगरी विदेशबाट आएकाहरूको सवालमा भने विशेष सावधानी अपनाउँदै आएको उनले बताइन् ।
धेरै पढिएका
- १ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न
- २ ‘सन्चो’ उत्पादन गर्ने सरकारी कम्पनीमा २८ करोड बढी क्षतिको प्रारम्भिक अनुमान
- ३ सर्वोच्चद्वारा डा. संगीताको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
- ४ उपचारका लागि कोशी अस्पतालमा आउँछन् दैनिक १५ जनासम्म निःसन्तान दम्पत्ति
- ५ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ६ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं
- ७ नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
तपाईको प्रतिक्रिया दिनुहोस