गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णाली प्रदेश अस्पतालमा २० वटा आइसोलेसन वेड कर्णाली प्रदेश अस्पतालमा २० वटा आइसोलेसन वेड हेल्थ आवाज बिहीबार, २०७६ फागुन २९ गते, १६:५५ मा प्रकाशित वीरेन्द्रनगर—विश्वमा महामारीको रुप लिइरहेको कोभिड—१९ को सम्भावित जोखिमलाई मध्यनजर गर्दै कर्णाली प्रदेश अस्पतालमा २० वटा आइसोलेसन वेड तयार गरेको छ । बुधबार आयोजित एक कार्यक्रममा स्वास्थ्य सेवा निर्देशनालय कर्णालीकी निर्देशक रिता भण्डारी जोशीले कर्णाली प्रदेश अस्पतालमा २० वटा आइसोलेसन वेड राखिएको भन्दै सम्भावित जोखिमप्रति सजग रहेको बताइन् । उनले कर्णालीमा कोभिड—१९ ले लिन सक्ने आकारको अनुमान गरी सयंमता अपनाउनुपर्नेमा पनि जोड दिइन् । सुर्खेतको वीरेन्द्रनगरमा जनस्वास्थ्य सेवा कार्यालयले आयोजना गरेको उक्त कार्यक्रममा उनले अहिलेसम्म आत्तिनुपर्ने अवस्था नदेखिएपनि हरेक नागरिकले सयंमता अपनाउनुपर्नेमा जोड दिइन् । खोकी, ज्वरोलगायतबाट संक्रमित भएको व्यक्ति स्वास्थ्यकर्मीको निगरानीमा रहनुपर्ने, धेरै जम्मा हुने ठाउँमा नजान उनको सुझाव थियो । जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेले सुर्खेतको बबई, सुर्खेत एयरपोर्ट र पश्चिमको कुइनेमा हेल्थ डेक्स स्थापना गरी स्वास्थ्य परिक्षण गरिरहेको जानकारी दिए । चीनसँग सीमा जोडिएको हिल्सा नाकामा कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा हेल्थ डेक्स स्थापना गरी सकिएको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णालीका ५५ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँच बाहिर अत्याधिक रक्तस्राव भएकी सुत्केरीको हेलिकप्टरबाट उद्दार वायु प्रदुषणबाट सुरक्षित रहन चिकित्सकको सुझाव दुर्घटनामा घाइते भएका ४३ वर्षीय सिनियर अहेब खत्रीको उपचारको क्रममा… कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्य सम्पादन प्रशंशायोग्य : प्रधानमन्त्री कर्णाली प्रदेश अस्पतालले माग्यो १९ जना कर्मचारी धेरै पढिएका १ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न २ नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ३ जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी सञ्चालन प्रक्रिया अगाडि बढाउँछौं : वनमन्त्री ४ नोबेलमा गलत उपचारले बिरामीको मृत्यु भएको भन्दैं हस्पिटलसहित डाक्टरविरुद्ध मुद्दा दर्ता ५ उपचारका लागि कोशी अस्पतालमा आउँछन् दैनिक १५ जनासम्म निःसन्तान दम्पत्ति ६ सर्वोच्चद्वारा डा. संगीताको रिटमा अन्तरिम आदेश दिन अस्वीकार ७ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद Kalpana Craft ट्रेण्डिङ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद मुस्ताङमा पहिलो पटक गम्भीर बिरामीलाई रगत चढाउने सेवा सुरु मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं दशैंका के खाने, कसरी खाने ? यस्तो हुनुपर्छ दशैंमा वृद्धवृद्धाको खानपिन नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकसहित जनशक्ति माग रेडक्रस सभापति अग्रहरीद्वारा १० लाख रुपैयाँको अक्षय कोष घोषणा कस्ता विरामीले के खाने के नखाने ? परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद मुस्ताङमा पहिलो पटक गम्भीर बिरामीलाई रगत चढाउने सेवा सुरु मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं दशैंका के खाने, कसरी खाने ? यस्तो हुनुपर्छ दशैंमा वृद्धवृद्धाको खानपिन नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकसहित जनशक्ति माग रेडक्रस सभापति अग्रहरीद्वारा १० लाख रुपैयाँको अक्षय कोष घोषणा कस्ता विरामीले के खाने के नखाने ?