२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालयले गर्‍यो नेपालमा कोभिड १९ को सम्भावित संक्रमितको अनुमान

स्वास्थ्य मन्त्रालयले गर्‍यो नेपालमा कोभिड १९ को सम्भावित संक्रमितको अनुमान


काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वमा फैलिरहेको कोभिड १९ को महामारीले नेपालमा लिन सक्ने आकारको अनुमान गरी सोही अनुसारको तयारी थालेको छ । मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलको संयोजकत्वमा बनेको अस्पताल अनुसन्धान गरी व्यवस्थापन गर्न बनेको टोलीले दुई तरिकाबाट अनुमान गरी व्यवस्थापनको काम सुरु गरेको हो ।

प्रमुख विशेषज्ञ डा पोखरेलका अनुसार पहिलो प्रक्षेपण चीनमा फैलिएको आधारलाई मानेर गरिएको छ । जसअनुसार नेपालमा यो भाइरसको संक्रमण भएमा १ महिनामा १ सय संक्रमित हुने अनुमान गरिएको छ । १ सयमा ८० जनामा सामान्य संक्रमण हुने हुँदा तिनीहरुलाई क्वारेन्टाइनमा राखेर निग्रानी गरिने छ । बाँकी २० जनामा १५ जना मध्यमस्तरका विरामी हुने र उनीहरुलाई आइसोलेसनमा राखेर उपचार गरिने व्यवस्थाको तयारी गरिएको छ भने अन्य ५ जना गम्भिर संक्रमित भएर आइसियु या भेन्टीलेटरको आवश्यकता पर्न सक्ने अनुमान गरिएको डा पोखरेलले बताए ।

दोस्रो प्रक्षेपणमा इटाली वा इरानको आधारमा फैलिए १ हजार ४ सय संक्रमित हुने अनुमान छ । त्यो अवस्थामा १ हजार १ सय २० जना सामान्य संक्रमित हुने । २ सय जना मध्यम संक्रमित हुने र उनिहरुलाइ आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने हुनसक्छ । बाँकी ८० जनामा गम्भीर समस्या आइ आइसियु या भेन्टीलेटर नै चाहिने अवस्था हुनसक्ने उनले बताए।

‘पहिलो प्रक्षेपण अनुसार भएमा हामीलाइ त्यति गाह्रो पर्दैन ।’ उनले भने ‘हाम्रो टेकु अस्पताललेनै कभर गर्न सक्छ ।’ दोस्रो प्रक्षेपण अनुसार संक्रमण भएमा त्यसको तयारीको लागि कर्तिपुरस्थित अनुसन्धान केन्द्र र कृर्तिपुर आर्युवेदीक शिक्षण अस्पताललाई आइसोलेसनको रुपमा प्रयोग गर्ने प्रस्ताव गरीएको छ ।

त्यस्तै खरीपाटीमा रहेको विद्युत प्रधिकरणको भवनलाई क्वारेन्टाइनसंगै आइसोलेसन वार्डको रुपमा पनि प्रयोग गर्न सकिने विज्ञहरुले सुझाएका छन् ।

गम्भीर समस्या हुन सक्ने भनिएका ८० जनाको लागि आइसियुको थप गर्ने तयारीमा मन्त्रालय लागेको उनले बताए । आइसियु बनाउँदा अन्य समयलाई पनि काम लाग्ने गरी वीर अस्पतालमा थप २० वटा, टेकु अस्पतालमा २० वटा, सशस्त्र प्रहरी अस्पतालमा २० वटा र पाटन अस्पतालमा १५ देखि २० वटा स्थापना गर्न प्रकृया अगाडी बढाइ सकिएको उनले जानकारी दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ